प्रेम सम्बन्धका लागि ठिक छैन सोसल मिडिया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार ०५:५०

(एजेन्सी)– एक अर्कासँगको सम्बन्ध स्थापित गरिरहन संसारका करोडौँ मानिसहरु सोसल मिडिया वेभसाइटको प्रयोग गरिरहेका छन् । अनुसन्धानकर्ताहरुको भनाई अनुसार ट्विटरको अत्यधिक प्रयोग गर्नाले वैवाहिक जीवन र प्रेमसम्बन्धलाई हानी गर्ने गर्दछ ।images (3)

उक्त शोध साइबर मनोविज्ञान, व्यवहार र सोसल नेटवर्किङ पत्रिकामा छापिएको छ । शोधका अनुसार, ‘ट्विटरको सक्रिय प्रयोगकर्ताको आफ्नो पार्टनरसँग झगडा ट्विटरसँग जोडिएको विवाद कारण हुने गर्दछ जसका कारण धोका र सम्बन्ध नै टुट्ने अवस्थामा पुग्ने गर्दछ ।’

सोसल नेटवर्कको प्रयोगले निजि सम्बन्धलाई तहसनहन गर्नमा जिम्मेवार रहेको शोधको नतिजामा लेखक क्लेटनले पाएका छन् ।

पछिल्लो वर्ष यहि पत्रिकामा क्लेटनको शोध छापिएको थियो जसमा फेसबुकको अत्यधिक प्रयोगले सम्बन्धमा नकारात्मक नतिजा प्रदान गर्ने उल्लेख गरिएको थियो ।

पत्रिकाका मुख्य सम्पादक ब्रेन्डा बिडरहोल्ड भन्छन्, ‘सोसल मिडियामा धेरैजसो शोध सुरवाती अवस्थामा भएका कारण इन्स्टाग्रामजस्ता अन्य मिडियाले सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा थाहा हुँदैन ।’

अनुसन्धानका लागि ५८१ वयस्क ट्विटर प्रयोकगकर्ताहरुलाई समावेश गरिएको थियो । सोधमा उनीहरुले कतिपटक सोशल नेटवर्कको प्रयोग गर्ने र पूर्व र वर्तमान पार्टनरसँग ट्विटरको प्रयोगका कारण कस्तो प्रकारको झगडा हुने विषयमा सोधिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१