गायक खुमनले लगाए सुशीलालाई बरमाला : दोस्रो श्रीमती हेर्नुस् (भिडियोसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७३, सोमबार ०६:५२

काठमाडौं । चर्चित गायक खुमन अधिकारीले दोस्रो बिहे गरेका छन् । अधिकारीले गत सोमबार नक्सालको एक घरमा हिन्दु परम्पराअनुसार नै गायिका सुशीला गौतमसँग दोस्रो बिहे गरेका हुन् ।
उनले किन दोस्रो बिहे गरे त रु यसबारे तल प्रष्ट्याइएको छ । पढ्नुहोस्
गायक अधिकारी र गायिका गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि त्यो एउटा म्यूजिक भिडियोको सुटिङ थियो । रियल बिहेमा हुने सबैकुरा देखिने त्यो माहोल एउटा रिलको लागि मात्र तयार पारिएको हो ।
त्यही बिहे गरेको उक्त भिडियो आजदेखि बजारमा आएको छ । लोकप्रिय गायिका गौतमको नयाँ पञ्चेबाजा गीत ‘माइतीघरको माया’ बोलको गीत बजारमा आएको हो ।
गायक खुमन अधिकारी र सुशीला गौतमले आवाज दिएको गीतमा गौतमको आफ्नै लय तथा शिव हमालको शब्द रहेको छ ।
म्यूजिक भिडियोमा पनि गायक अधिकारी र गायिका गौतमको नै अभिनय देख्न सकिन्छ । गौतमले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् ।
लोक दोहोरी गीतमा यसरी गायक गायिका नै बेहुलाबेहुली भएर मोडलिङ गरेको सम्भवतः पहिलो रहेको बताइएको छ । भिडियोमा मोडल महेन्द्र गौतम र रिना थापाले पनि अभिनय गरेका छन् । उनीहरुलाई बेहुला बेहुलीको लोकन्तीको भूमिकामा देख्न सकिन्छ ।
गायिका गौतमले आफ्नै युट्युबमार्फत गीतलाई बजारमा ल्याएकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१