काठमाडौँ ,१२ साउन । स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भोलि मङ्गलबार स्वदेश फर्कंदै हुनुहुन्छ । ओली मङ्गलबार मध्याह्न काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
उहाँ त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई यही साउन ९ गते डिस्चार्ज (फिर्ता) हुनुभएको थियो ।
अध्यक्ष ओली फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिङ्गापुर जानुभएको थियो । अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार अहिले उहाँको हातको समस्यामा सुधार आएको छ ।
प्रतिक्रिया