अनुहारमा सधैँ सनब्लक प्रयोग गर्नु जरुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७३, शुक्रबार ०७:४०

काठमाडौं ।  स्किन प्रोफेसनलको सुझाब हुन्छ, अनुहारमा सधैँ सनब्लक प्रयोग गर्नु जरुरी हुन्छ । यो महिला पुरुष दुवैका लागि हो ।
तर, सनब्लक सधैँ किन लगाउने रु यस प्रश्नको जवाफ अधिकांशसित छैन । सामान्य ज्ञान भएकालाई छाला डढ्नबाट सनब्लकले जोगाउँछ भन्ने थाहा छ ।
स्किन प्रोफेसनल पभी गुरुङ भन्छिन्, घामका कारण छालाको क्यान्सरसम्म हुन सक्ने भएकाले नियमित सनब्लक लगाउनुपर्छ । अझ जाडोभन्दा गर्मीमा घामको चर्को र सीधा असर पर्ने भएकाले सनब्लक अत्यावश्यक नै छ ।
छालामा घामको असर
सबैभन्दा पहिले त घामले हाम्रो शरीरलाई दिने फाइदा र बेफाइदाबारे बुझ्न जरुरी छ । भिटामिन डीको महत्वपूर्ण स्रोत बिहानी घाम हो, छालाको विकासमा पनि घामको भूमिका रहन्छ । तर, यही घाम छालामा चायापोतो मात्रै होइन क्यान्सरसमेत निम्त्याउने कारक पनि हो । घामले छालाभित्रको कोलागेन इलास्टिक, पानी र मेलानिनलाई बाहिर निकालेर चायापोतोको समस्या निम्त्याउँछ ।
छालाको प्रोटिन सोसेर क्यान्सरसमेत गराउन सक्छ । साथै घामबाट छालाको एलर्जी हुने गरेको पनि पाइन्छ ।
सनब्लकले जोगाउँछ
दिउँसोको घामले पार्ने नकारात्मक असर निम्तिन नदिन अनुहार तथा शरीरका अन्य खुला छालामा सनब्लक लगाउनु अत्यावश्यक हुन्छ ।
यसले छालाको बाहिरी पत्रलाई डढ्नबाट जोगाउने मात्रै होइन घामलाई रिफ्लेक्ट गरिदिएर छालाभित्रको विभिन्न तत्वमा हुन सक्ने असरबाट समेत जोगाउँछ ।
तर, सनब्लक लेखिएर बजारमा उपलब्ध भएका सबै प्रोडक्टले सकारात्मक नतिजा दिन्छ भन्ने हुँदैन ।
बजारमा उपलब्ध सबै सनब्लक एकै खाले र सकारात्मक प्रभाव दिने नहुन सक्छन् । जिंक अक्साइड र टाइटानियम डिअक्साइड मात्रै भएको सनब्लकले घामको नकारात्मक असरबाट छालालाई जोगाउन सक्दैन । टाइटानियम डिअक्साइड, जिंक अक्साइड, सिनामाइट, ओक्सिडेन्जोन, प्रोपाइजिन ड्लाइकोल, आर्बोटिन, सोडियमलगायत कम्तीमा १२ वटा तत्व मिश्रित सनब्लकले मात्रै सकारात्मक प्रभाव देखाउन सक्छ । यस्तै, सनब्लक जहिले पनि एवं लेखिएकै प्रयोग गर्नुपर्छ । र, सनब्लकबारे बुझ्नैपर्ने कुरा एसपिएफ ९सन प्रोटेक्सन फ्याक्टर० हो । बाहिर घाममा निस्किँदा ४० एसपिएफभन्दा माथिको सनब्लक प्रयोग गर्नु उपयुक्त हुन्छ । घरभित्रै रहँदा पनि छालामा घामको प्रभाव पर्ने भएकाले सनब्लक लगाउनु राम्रो हुन्छ, तर ३५–४० एसपिएफको लगाए हुन्छ ।
सनब्लकको प्रभाव अवधि
एकपटक लगाएको सनब्लकले दिनभर घामबाट छाला जोगाउँछ भन्नु भ्रम हो । सनब्लकको प्रभाव अवधि २–३ घन्टा मात्रै हो । त्यसैले दिउँसो वेला–वेलामा सनब्लक लगाइराख्नुपर्छ । यो कामका लागि झन्झट किन पनि छैन भने पहिले लगाएको नहटाई फेरि सनब्लक
लगाउन सकिन्छ ।
पभी गुरुङ
स्किन प्रोफेसनल
कोरियन स्किन क्लिनिक, बालुवाटार
नयाँपत्रिकाबाट

प्रतिक्रिया