यौनका कुरामा मर्यादित ढंगले खुल्नु पर्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७१, सोमबार १६:५७

कल्पना दंगाल

tme
हाम्रो समाज अहिले पनि सामाजिक तथा साँस्कृतिक अपव्याख्या तथा कुरितिले जेलिएको छ । हामी अझै पनि जाती, भाषा ,सँस्कृति तथा रंगमा भेदको पर्खाल लगाउदै आइरहेका छौ । सामाजिक मर्यादाहरु,संस्कार तथा सिमाहरु आफैमा एक धरोहर हुन तर कतिपय अवस्थामा हामि यिनै कुराहरुलाइ हतियार बनाएर अनावश्यक बखेडा पनि निकाल्न पछि पर्दैनौ । समाजमा साना भन्दा साना कुरालाई छरछिमेकीले के भन्लान आफन्तले के भन्लान भन्ने हिसाबले मात्रै त्यो कामको सुरुवात गर्ने नगर्ने र्निक्यौल गरिन्छ । यस्तै हाम्रो समाजले यौनका कुराहरुलाई त झनै संकुचित बनाएको छ । जसले गर्दा मानिसहरु खुलेर कुरा गर्न डराउँछन् तर यसको बारेमा तिव्र जिज्ञासा मेटाउने प्यासमा भित्रभित्रै छट्पटिएका हुन्छन् । यौन चाहना हुनु नौला कुरा होइन ,यौनका बारेमा जिज्ञासा हुनुलाई पनि अनौठो नजरले हेरिनु हुँदैन बरु यसको विपरित मानिसले व्यवहार गरिरहेको छ भने त्यहाँ चाँहि सोच्नुपर्ने हुन्छ ।
यौनलाई मर्यादित रुपमा अगाडी ल्याउनु जरुरी छ यसको मतलब शारिरीक सम्बन्ध भन्ने मात्रै होइन । यौनका विषय भनेका किशोरावस्थामा प्रवेश गरेपछिका परिवर्तनहरु,बढ्दो उमेरसंगै देखिने चाहनाहरु तथा यौन सम्बन्धिका शारिरीक तथा मानसिक समस्याहरु नै यौन विषय हुन् ।
आज युवायुवतिमा बलात्कार,असुरक्षित गर्भपतन,असमझदारी लगायतका समस्याहरु किन देखिएका छन् भने हामि यौन सम्बन्ध राख्न चाहन्छौ तर यसलाई खुलेर होइन लुकाउने,अरुलाई थाहा दिनु नहुने जस्ता मुल्यांकन गर्दै समस्या थप्दै जान्छौ । पिडित त पिडामा छ नै पिडकहरु भ्mनै पिडा दिन तम्सिने गर्दछन । अनि समाजले के भन्ला भनेर हाम्रा यौन समस्या तथा जिज्ञासा हामी लुकाउदै आइरहेका छौ । ४० प्रतिशत महिलाहरुमा यौन समस्या हुन्छ । जसमा पाठेघरको समस्या तथा यौन रोग हुन्छ तर उनीहरु घरमा अरुले थाहा पाए भने हेप्छन् ,बेइज्जत हुन्छ भन्ने डरले कसैलाई नभनि रोग पालेर बस्न बाध्य हुन्छन् । आज करौडौ मानिस एड्स,भिरंगी लगायतका यौन रोग पालेर बसेका छन् किनभने यौनका कुराहरुमा खुलेर आउने गरिएको छैन जसले गर्दा मानिसहरु यसबाट संक्रमित भएर बस्न बाध्य छन् । यौन रोगबाट पिडित अरुले थाहा पाउलान भनेर डराउछन् र उनीहरुले अरुलाई पनि सार्ने गर्दछन् । किशोरहरु पहिलो पटक स्वप्नदोष हुदा डराउछन् भने किशोरीहरु रजस्वला हुँदा डराउछन् । पहिलोपटक यौन सम्पर्क राख्दाका अप्ठ्याराहरु तथा पहिलोपटक गर्भाधारण गर्दा पनि निकै समस्या भोग्छन् महिलाहरु । बजारमा सयौको संख्यामा अस्थायी परिवार नियोजनका साधन हुँदा हुँदै पनि करियर धरापमा पार्दै कलिलै उमेरमा तथा आत्मनिर्भर नभई गर्भाधारण गरिरहेका हुन्छन् । सन्तानको रहर पुगिसकेकाहरु ज्ञानको अभावमा सन्तान जन्माइरहेका हुन्छन् । । दिनानुदिन हाम्रा दिदिबहिनीहरु बलात्कृत हुन्छन् र उनीहरु त्यहि बलात्कारबाट शिशु जन्माउन पनि बाध्य हुन्छन् यसको विपरित बजारमा भने हरेक विकल्प छने तर हामि अनभिज्ञ छौ । यिनै कारणले भोलि तिनै चेलिलाई आक्षेप लगाइन्छ र उनी मर्न विवश हुन्छिन ।
आज यौनलाई लुकाउन मात्र खोज्दा झनै विकृति बढेको छ तर यसलाई मानसिकता फराकिलो बनाउदै बालबालिकाका,किरोरकिशोरी तथा युवायुवतिका यौन जिज्ञासा परिवारबाटै समाधान गर्नु आवश्यक छ विवाहमा दाइजो मागिन्छ,खानदान हेरिन्छ,पढाइलेखाइ,रुप शिल स्वभाव हेरिन्छ तर विवाह गर्ने जोडीको स्वास्थ्य कस्तो छ त्यो विषयमा मतलब नै हुँदैन फलस्वरुप विवाहपश्चात अनेक शारिरीक अस्वस्थताको सामना गर्नुपर्ने हुन्छ । त्यस्तै विदेश जाने प्रत्येक महिला पुरुष तथा विदेशबाट फर्किएकाहरुको अनिवार्य स्वास्थ्य जाँच गराउनु कत्तिको उपयुक्त होला सोचनिय विषय रहेको छ ।
यौन आवश्यकता हो । यसको परिपूर्ति तथा जिज्ञासाहरु सरल रुपमा भएन भने मानिस विकृतिको बाटोमा लाग्छ । यौन जीवनको एक अभिन्न पाटो हो । मानिसका हरेक क्रियाकलाप यौन केन्द्रित हुन्छ जस्तो कि विवाह,सन्तान उत्पादन,यौन सम्बन्ध आदि ।
यौनलाई सामाजिक तथा साँस्कृतिक तवरले पनि सजिलै स्विकार गर्न सक्ने अवस्था नभएपनि यौन समस्या समाधान तथा जिज्ञासाका लागी भने परिवार तथा विद्यालयबाट पनि गर्न सकिन्छ किनभने परिवार तथा विद्यालय यसका लागी महत्वपूर्ण स्थान हुन् । यौनका कुरामा धेरै लचिलो बन्नु आवश्यक पनि छैन र त्यो सम्भव पनि रहँदैन तर यौन समस्या तथा परिवर्तनहरुका विषयमा खुलेर कुरा गर्न धकाउनु भने हुँदैन । मर्यादित तथा सुरक्षित यौन जिवन प्रत्येक नागरिकको अधिकारको कुरा हो ।
[email protected]

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१