अदुवा खानुस् यी ८ रोगहरुबाट मुक्त हुनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७३, बुधबार ०८:४२

हामी चिया र  तरकारीमा अदुवा दैनिक प्रयोग गर्ने गर्छौँ । हामी अदुवाको प्रयोगले खान स्वादिष्ट हुनेमा त जानकार छौँ तर त्यसको दैनिक नियमित प्रयोगले मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्छ र कैयौँ रोगवाट मुक्त हुन सकिन्छ भन्ने जानकारी नहुन सक्छ । आउनोस मानव स्वास्थ्यको लागी अदुवाको महत्व र प्रयोग बिधी बुँदागत रुपमा :-
१. मानिसले अदुवा दैनिक जसो खाँदा शरीरमा रोग प्रतिरोधत्मक क्षमता बढाउने गर्छ ।
२. अदुवाले खानामा प्रयोग गरेर खाँदा स्वादिष्ट हुन्छ ।
३. चिसो याममा अदुवा सेवन गर्दा शरीरमा गर्मी हुने गर्छ त्यसैले चिसोबेला यसको सेवन गर्दा बिभिन्न चिसोका रोगहरुबाट बच्न सकिन्छ ।

४. रुघाखोकी लागेको बेला अदुवाको रस खानाले खोकी निकाे हुने गर्छ ।

५. गर्भअवस्थाको सुरुसुरुमा पनि महिलालाई वाकवाकी लाग्ने समयमा अदुवा खाँदा समस्याबाट मुक्ति पाउन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

६ धेरै मानिसहरु बस अथवा प्लेन चढ्दा वाकवाक गर्ने गर्छन यस्तो बेला पनि अदुवा खाँदा वाकवाक कम हुने गर्छ ।

७. अदुवाले खानेकुरा पचाउने काम समेत गर्छ । अपच भएको बेला अदुवाका साना साना टुक्रा बिरे नुन सँग मिलाएर खाँदा अपच ठिक हुने गर्छ ।

८. नियमित रुपमा अदुवा सेवन गर्दा शरीरमा बढी भएको कोलेस्टेरोल नामक बोसो घटाउन मदत गर्छ जसका कारण मुटुको रोगबाट समेत बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया