यस्तो छ : मेथीका फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७३, आईतवार १८:४६

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर, सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाको रुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ । यो पढिसकेपछि मेथीको स्वाद वा वासना मन नपर्नेहरुको धारणासमेत बदलिनेछ ।
१) कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ । यसको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
२) चाया“बाट मुक्ति
यदि तपाईंलाई चायाँको समस्या छ भने मेथी तपाईंका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेस्ट बनाउनुहोस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुस् । अलि–अलि मसाज गर्नुहोस् । ३० मिनेटपछि धुनुहोस् तपाईंको कपालमा चायाँको समस्या समाधान हुन्छ ।
३) डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निकै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दागसमेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपार्ईंका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुहोस् र पेस्ट बनाउनुस् । यसमा थोरै मह हाल्नुहोस् । मेथी र महको पेस्ट सुत्नुअघि अनुहारमा लगाउनुहोस् । बिहान उठेर चिसो पानीले मुख धुनुहोस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
४) मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइबर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी पनि कम गरिदिन्छ । बिहान एक गिलास मेथीको पानी पिउनुहोस्, यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
५) चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनुहुन्छ भने मेथी तपाईंलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्री रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेस्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्यासमेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवम् मृत तन्तुहरु हटाउँछ । त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
६) पाचन प्रणालीमा सुधार 
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्यासमेत हटाउँछ । पाचनसम्बन्धी कुनै पनि समस्या भएको व्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
७) सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रिियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
८) मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसाबको माध्यमबाट बाहिर निकाल्छ  ।
९) ज्वरो नियन्त्रण 
यदि तपाईंलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रसमा मह र मेथी मिसाएर खाँदा ज्वरो घट्छ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खसखस पनि हटाउँछ ।
१०) महिलालाई उपयोगी 
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दूधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ट समस्यामा मेथीले औषधीको काम गर्छ । यसले सर्दीलाई भगाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१