काठमाडौ, २० चैत । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई–आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीका लागि उपहारको व्यवस्था हुने भएको छ । पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार बराबरको शपिङ्ग कुपन प्राप्त गर्ने र हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्ने जनाइएको छ ।
जापानबाट क्योदाई–आईएमई मार्फत पैसा पठाउने सवै सेवाग्राही सहभागी हुनसक्ने यो प्रवद्र्धनात्मक योजना अप्रिल १ देखि ३० सम्म कायम हुने जनाइएको छ । योजना अवधिभरमा जापानबाट क्योदाई मार्फत आईएमई गर्नुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा दैनिक र साप्ताहिक विजेता घोषित गरिने जनाइएको छ । दैनिक विजेताको हकमा उपहार प्रत्येक दिन साँझ र साप्ताहिक विजेताका लागि सप्ताहन्तमा घोषणा गरिने छ । यसको जानकारी विभिन्न संचारका माध्यम वा अफिसका आधिकारिक सामाजिक संजाल पेज मार्फत गराइने जनाइएको छ ।
यस योजनाको विस्तृत जानकारीका लागि क्योदाई–आईएमई को आधिकारिक वेब साइट, सामाजिक संजाल पेज र काठमाडौं पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयको शोधपुछ शाखामा सम्पर्क गर्न सक्न जनाइएको छ । यी दुवै कम्पनीसँग आवद्ध कर्मचारीहरु, एजेण्ट, सव–एजेण्ट, परिवारका सदस्यहरु वा निजका नातेदार यो प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५ हजार ७ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
प्रतिक्रिया