नेपाल पर्यटन ब्यबसायी संघ -निट पोखरा शाखाको प्रथम अधिबेशन सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७३, आईतवार १६:०८

कास्की,२० चैत्र  । नेपाली कांग्रेस समर्थित पर्यटन ब्यबसायीहरुको संगठन नेपाल पर्यटन ब्यबसायी संघ – निट पोखरा शाखाको प्रथम अधिबेशन पर्यटकीय नगरी पोखराको लेक साइड स्थित पोखरा गुड विल होटेलको हलमा भब्यताका साथ् सम्पन्न भएको छ । उक्त सम्मेलनको खुल्लासत्र उद्घाटनको प्रमुख अतिथि पुर्ब सभामुख तथा नेपाली कांग्रेसको पूर्व महामन्त्री तारानाथ रानाभाटले दिप प्रज्लन गरि गर्नु भएको थियो । बिशिस्ट अतिथिहरु नेपाली कांग्रेसका युबा नेता तथा केन्द्रिय सदस्य प्रदिप पौडेल, माननीय संसाद शारदा पौडेल, नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका सभापति कृष्ण केसी, नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका पूर्व सभापति शोभियत बहादुर अधिकारी, नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्य समितिका सभापति बजिरमान श्रेष्ठ, नेपाल पर्यटन ब्यबसायी संघ – निटका केन्द्रिय अध्यक्ष दिपक महत र अतिथिहरु नेपाल पर्यटन ब्यबसायी संघ – निटका केन्द्रिय बरिष्ट उपाध्यक्ष केशब पाण्डे, पोखरा उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष बिन्दु थापा, पोखरा हानको पूर्व अध्यक्ष सुन्दर श्रेष्ठ, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा रास्ट्रिय समाचार समिति (रासस)का बोर्ड सदस्य गंगाधर पराजुली, नेपाल पर्यटन ब्यबसायी संघ – निटका केन्द्रिय उपाध्यक्ष छेटुप तामाङ्, नेपाल पर्यटन ब्यबसायी संघ – निटका केन्द्रिय सहकोषाध्यक्ष निल हरि बास्तोला, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बडाल र पोखरा वार्ड न. ६ लेक साइड कांग्रेस इकाई समितिका सभापति लक्ष्मी बहादुर भट्टराई उपस्थित रहेको थियो । शुभकामना मन्तब्य दिने क्रममा नेपाल पर्यटन ब्यबसायी संघ – निटका केन्द्रिय अध्यक्ष दिपक महतले नेपाल पर्यटन ब्यबसायी संघ – निटको संगठन बिधिबत रुपमा काठमाडौँ, चितवान र पोखरामा स्थापित भैसकेको जानकारी गराउदै निकट भबिष्यमा देश ब्यापी पर्यटकीय क्षेत्रहरुमा संगठन बिस्तार गर्ने लक्ष्य रहेकोले सबै लोकतान्त्रिक पर्यटन ब्यबसायीहरुलाई आ-आफ्नो क्षेत्रबाट सहयोगको लागि अपिल गन्रु भयो । उपस्थित सबै बक्ताहरुले मन्तव्यको क्रममा सम्मेलनको भब्य सफलताको शुभ कामना दिदै नेपालको अर्थ तन्त्रमा अहिले सम्म कृषि आधुनिकीकरण नभएको र जलस्रोतको बिकास गर्न नसकेकोले केवल पर्यटन क्षेत्रबाट मात्र सन् १९५० देखि रास्ट्रिय अर्थतन्त्रमा निरन्तर टेवा पुरयाई रहेको र बेरोजगारी समस्याको न्यूनीकरण गर्न सकिरहेको तथ्य औल्याउनु भएको थियो । नेपालमा पर्यटन क्षेत्रको बिकास अपरिहार्य रहेको र यसको महत्व बारे सरकार, सबै राजनीतिक दल, निजि क्षेत्रका ब्यबसायीहरुले बिशेष चिन्ता र चासो लिनु पर्ने र पर्यटन मैत्री नीति नियम लागु गरि अत्यधिक सम्भावनाको खोजि गर्नु पर्ने बारेमा जोड दिनुभएको थियो । उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथिहरु, अतिथिहरु र सम्पूर्ण लोकतान्त्रिक समाजवादमा आस्था राख्ने पर्यटन ब्यबसायीहरुलाई थ्री सिस्टर ट्रेकिङ्ग प्रालिका प्रबन्ध निर्देशक तथा महिला पर्यटन ब्यबसायी लक्की कार्कीले स्वागत मन्तब्य दिनुभएको थियो भने उक्त सम्मेलन नेपाली कांग्रेसका पुर्ब केन्द्रिय पर्यटन बिभाग सदस्य तथा नेपाल पर्यटन ब्यबसायी संघ – निट पोखरा शाखाका संयोजक सोम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । बन्द सत्र पछि पोखरा वार्ड न. ६ लेक साइड कांग्रेस इकाई समितिका सभापति लक्ष्मी बहादुर भट्टराईको संयोजकत्वमा गठन गरेको ५ सदस्यीय निर्बाचन समितिले नेपाली कांग्रेस पार्टीको परिबर्तित बिधान अनुसार प्रादेशिक संरचना अनुसार ४ न. प्रदेशलाई प्रतिनिधित्व हुने गरि सर्बसमत तरिकाले अध्यक्ष – सोम थापा, बरिस्ट उपाध्यक्ष – शिब अधिकारी, उपाध्यक्ष – पशुपति शर्मा, उपाध्यक्ष – नारायण सापकोटा, उपाध्यक्ष – जीवनाथ गौतम, महासचिब -संगीता पौडेल, उपमहासचिब – भिम प्रसाद आचार्य, सचिब – भिम पौडेल, कोषाध्यक्ष – कमला गिरी, सहकोषाध्यक्ष – मन्दिरा ढकाल, सदस्यहरु – गणेश थापा, दयानन्द पोख्रेल, शंकर अर्याल, नारायण सुबेदी, राजेन्द्र अधिकारी, गोबिन्द शर्मा, इमनाथ जोशी र भिम मगर गरि १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने नयाँ चयन भएको कार्य समितिको पहिलो बैठकले १ सदस्य मनोनित गरि १९ सदस्यीय समिति रहने बताउनुभयो । नयाँ चयन भएको कार्यसमितिलाई नेपाल पर्यटन ब्यबसायी संघ – निटका केन्द्रिय उपाध्यक्ष छेटुप तामाङ्ले अबिर र फुल माला लाएर कार्यकालको शुभकामना र हार्दिक बधाई ज्ञापन गर्नु भएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१