दुताबास खुलेमा दुइ देशबीचको सम्बन्ध अझ प्रगाड ,स्पेनका राजा फेलिपे छैटौ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७३, शुक्रबार ०७:४२

भोला लामिछाने , यूरोप। स्पेनका राजा फेलिपे छैटौले नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न लागेको सुन्दा निकै खुसि भएको बताएका छन्। रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेल समक्ष उक्त कुरा बताएका हुन्।अहिले स्पेनमा दुताबास नहुदा फ्रान्स स्थित नेपाली राजदुताबास पेरिस बाट यहाँ का बिभिन्न कागजी कारबाही हरु हेर्ने गरिएको छ। लूइटेल स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गर्न स्पेनको राजधानी मड्रिड पुग्दा गैर आवासीय नेपाली संघ स्पेनको मड्रिड शाखा द्वार्रा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी बनेको मड्रिड शाखा का अध्यक्ष रोशन पाठक ले नेपाली वेभ लाइ बताएका थिए । अन्तरक्रियामा स्पेनमा रहेका नेपालीहरुले भोग्नु पर्ने समस्याहरुको अबगद गराउदै स्पेनका राजा समक्ष लगिदिन अनुरोध समेत गरेका थिए। स्पेनमा दूताबास खोल्ने बारे राजालाई पहिले नै जानकारी रहेछ भन्दै यसले झन् दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ,सुमधुर र घनिभूत बनाउने विश्वास राजाबाट ब्यक्त भएको जानकारी दिइन। राजा फिलिपे छैटौले सन् २०१४ देखि स्पेनको राजगद्दी सम्हाल्दै आएका छन्। एन आर एन ए मड्रिड शाखाको आयोजना आयोजित अन्तरक्रियामा बार्सिलोना निवासी नेपाली समुदायका समाजसेवी एवं हाल गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्व परिषद स्पेनका सदस्य एकराज गिरि समेत सहभागी थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज १८, २०८१