अस्थायी शिक्षकलाई सेवाबाट नहटाइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७१, सोमबार ०८:०३

काठमाडौँ ,१२ साउन । स्थायी शिक्षक नियुक्त भए पनि सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई सेवाबाट नहटाइने भएको छ । शिक्षक संगठनका प्रतिनिधीको दवावमा शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयको निर्णयअनुसार स्थायी शिक्षक नियुक्तिपछि विस्थापित हुन लागेका अस्थायी शिक्षकलाई हाल पढाइरहेको भन्दा तल्लो तहमा झारेर पनि सेवालाई निरन्तरता दिइनेछ ।724-350947812986

शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण १२ हजार सात सय ४३ जनाले पदस्थापनाको मिति कुरिरहेका छन् । सो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।नयाँ पदस्थापना हुनुअघि अस्थायी शिक्षकको सेवा सुनिश्चित हुनुपर्ने माग राख्दै अस्थायी शिक्षक सम्बद्ध संगठनहरु आन्दोलनमा थिए । आन्दोलनका कारण स्थायीमा नियुक्तिका लागि नाम निकालेका तीन महिना बितिसक्दा पनि शिक्षकको पदस्थापन रोकिएको थियो । मुलुकभर अहिले २५ हजार भन्दा बढी अस्थायी र ३८ हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक छन् । जसमध्ये अस्थायीमा कार्यरत दुईहजार दुई सय पाँचजना र राहत दरबन्दीका तीन हजार शिक्षकले स्थायीमा नाम निकालेका छन् ।

प्रतिक्रिया