काठमाडौं । पाकिस्तान क्रिकेट बार्डले फास्ट बलर मोहम्मद इर्फानलाई एक वर्ष निलम्बन गरेको छ । साथै उनलाई ९ हजार ५०० डलर जरिवाना तोकिएको छ ।
पाकिस्तान क्रिकेट लिगका क्रममा एन्टी(करप्सन कोड उल्लंघन गरेको आरोपमा उनलाई एक वर्ष सबै फम्र्याटका क्रिकेटबाट निलम्बन गरिएको हो । उनको निलम्बन मार्च १४ बाटै लागू हुनेछ ।
पाकिस्तान क्रिकेट बोर्डको एन्टी(करप्सन युनिटले इर्फानसँगै शहजाब हसन र जुल्फिकर बाबरमाथि प्रश्न उठाएको थियो । तर, हसन र बाबरले सफाइ पाए । इर्फानलाई भने सट्टेबाजहरुले दुई पटक प्रस्ताव राखेको भेटिएको छ ।
प्रतिक्रिया