नुवाकोटका किसान मुलाखेतीतर्फ आकर्षित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७३, बिहीबार ०६:५३

नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि नुवाकोटका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् ।

चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उहाँले बताउनुभयो ।

आव २०७२र७३ मा रु सात करोडको मुला उत्पादन भएको कार्यालयले जनाएको छ । स्थानीय बजारमा मुला अहिले प्रतिकिलो रु १० देखि रु १२ मा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मुला काठमाडौँसम्म पुग्ने गरेको छ ।

अन्य बालीको तुलनामा खेती लगाउन, हुर्काउन सजिलो हुँदा किसान मुलाखेतीतर्फ आकर्षित भएका हुन् । मुला ४० दिनदेखि ६० दिनमा तयार हुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अन्य बाली उत्पादनमा ढिलाइ हुँदा किसान मुलाखेती गर्दैआएका छन् ।

जिल्लाको ककनी, ओखरपौवा, मदानपुर, बेलकोट, चाउथे कुमरी, किम्ताङलगायत ठाउँलाई जिल्ला कृषि कार्यालयले पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१