१ घन्टा ५७ मिनेटसम्म ‘तड्पाइ–तड्पाइ’ मारियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७१, आईतवार ०६:०६
अमेरिका – अमेरिकामा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई ‘तड्पाइ–तड्पाइ मारिएको’ भन्दै विवाद सिर्जना भएको छ । एरिजोना राज्यमा मृत्युदण्डको सजाय पाएका एक कैदीलाई मृत्युदण्ड कार्यान्वयन गर्न इन्जेक्सन दिएपनि उनको प्राण जान १ घन्टा ५७ मिनेट लागेपछि सर्वत्र विरोध भएको हो ।

यो घटनापछि अमेरिकामा मृत्युदण्डको सजाय नै खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन सुरु भएको छ । सन् १९८९ मा आफ्नी प्रेमिका र उनका बाबुको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका जोसेफ वुडलाई मृत्युदण्डको सजाय स्वरुप गोली नहानी इन्जेक्सन दिइएको थियो ।
मृत्युदण्डका समयमा दिइने इन्जेक्सनले १० मिनेटमै मृत्यु हुनुपर्नेमा उनको प्राण–पखेरु उड्न झन्डै दुई घण्टा लागेपछि अमेरिकी सरकारको आलोचना भएको हो । वुडका परिवारसहित कानुन व्यवसायीले सरकारको आलोचना गर्दै अदालत परिसरमा नाराबाजी गरेका छन् । विश्वभर मानवअधिकारको वकालत गर्ने अमेरिकामा मृत्युदण्डको प्रावधान अझै कायम छ । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१