रगतको खोलो बगेपछी गाउँले आत्तिए (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७१, आईतवार ०५:५३

चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वेन्झोउ शहरका बासिन्दा शुक्रबार विहान उठ्दा अचम्मित भए । किन भने उनीहरुको शहर छेउँमा बग्ने नदीको पानी रगतको खोलो जस्तो देखियो ।





कसैलाई पनि नदी त्यस्तो किन भयो भन्ने थाहा भएन । र उनीहरुलाई किन यस्तो भयो थाहा थिएन । स्थानीयबासीले विहान ४ बजे सम्म सामान्य रहेको नदीको पानी विहान ६ नबज्दै एकाएक रगत जस्तो देखिन थालेपछी उनीहरु आत्तिए ।

त्यहाँ बस्ने एक पाको उमेरका ब्यक्तिले आफूले जिन्दगीमा कहिल्यै पनि यस्तो नदेखेको बताए । सो क्षेत्रमा कुनै औद्योगिक संरचना पनि नभएका कारण कुनै औद्योगिक प्रदुषणले त्यस्तो भएको सम्भावना पनि छैन ।

पर्यावरणविदहरुले पानी परीक्षण गरेर के भएको हो छनविन गर्ने प्रक्रिया अघि बढाएका छन् ।


बेन्झोउ पहाडले घेरिएको शहर हो । यस अघि चीनको याङ्जी नदीमा पनि पानीको रंग बदलिएपछी मानिसहरु आत्तिएका थिए ।
तर अहिले भने नदीको पानी एकाएक रातो भएपछी प्रलय शुरु भएको भनेर सामाजिक सञ्जालमा जताततै हल्ला फैलाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१