ठगी गरेको आरोपमा चर्चित अभिनेता भुवन केसी प्रहरी फन्दामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७३, मंगलवार २०:१३

काठमाडौँ   । लामो समयदेखि नेपाली चलचित्रमा क्रियाशिल रहँदै आएका चर्चित अभिनेता भुवन केसी आर्थिक लेनदेनका मामिलामा विबादमा तानिँदै आएको नाम हो ।

फ्लिम बनाउँदा लिएको पैसा फिर्ता गर्नुको साटो धाक धम्कि दिएको उजुरी परेपछी महानगरीय प्रहरी परिसर काठमाडौंले नायक भुवन केसीलाई बोलाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले पार्वती पाण्डे नामकी महिलालाई भुवनले धम्क्याएकोबारे आवश्यक कार्य गर्न भन्दै पत्र पठाएपछी सोमबार काठमाडौं प्रहरीले उनलाई बोलाएको हो । ‘हामीले ठगीको आशंकामा भुवन केसीलाई बोलाएका हौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रधुम्न कार्किले भने, ‘ठगी गरेको देखिएन्, वितरणसँग बसेर नाफा घाटाको हिसाव गरेपछि आ–आफ्नो पैसा लिन दुवै पक्ष सह सहमत भएर गएका छन् ।’ पटक–पटक प्रहरीले टेलिफोन गरेपछि महानगरीय प्रहरी परिसर टेकु पुगेका केसी र पिडीत पार्वती पाण्डेको बिचमा प्रहरीले छलफल गराएको थियो । प्रहरीका अनुसार नायक भुवन केसीले दुई बर्षअघि ‘ड्रिम्स’ नामको फिल्म बनाउँदा अमेरिका बस्दै आएकी पार्वती पाण्डेबाट १० लाख रुपैयाँ लिएका थिए । अमेरिका गएका बेला पाँच लाख र पछि आईएमईबाट पाँच लाख लिएका भुवनले पछिल्लो समय पैसा फिर्ता गर्नुको साटो ‘मैले पैसा लिएको छैन’ भन्दै उल्टो धाक धक्कि दिन थालेपछी पिडीत पाण्डे प्रहरीको शरणमा पुगेकी थिईन् । प्रहरीको रोहवरमा भएको छलफलका क्रममा पाण्डेले आफुसँग भुवनले गरेको कागज समेत देखाएपछि उनले पैसा लिएको स्विकार गरेको छलफलमा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए । पार्वती पाण्डे र उनका श्रिमान कृष्ण पाण्डेको नाम सह–निर्मातामा राखेको पुष्टि भएसँगै प्रहरीले वितरकसँग बसेर नाफा घाटाको पैसा पाण्डे दम्पतीले पाउनेगरी कागज गरिदीएको छ । केसी यसअघि पत्रकार विश्वमणी सुवेदीलाई धम्क्याएको आरोपमा हिरासतमा पुगेका थिए । त्यस्तै केही बर्षअघि पोखराकी एक महिलाबाट लिएको लाखौं रकम नतिरेपछि गुण्डा नाईके साजन महर्जन र कुमार घैटेले उनलाई सामाखुसीमा बोलाएर कुटपिट गरेर पैसा फिर्ता गराएका थिए ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१