मोडेल अलिशा राईले ‘म काली हैन’ भनेर नाच्न नमानेको भिडिमा वर्षाको हिट अभिनय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७३, सोमबार १७:४८

गायक कृष्ण घिमिरेको आवाजमा रहेको बिक्रम सापकोटाको सब्दमा , ढकाल ब्रदर्शको संगीत सजिएको ‘काली काली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित नायिका वर्षा सिवाकोटी र रबि सिहको अभिनयमा बनेको भिडियोलाइ रमेश संग्रौलाले निर्देशन गरेका हुन् । मुकेश हुमागाईंले छयाङकन् गरेको भिडियोलाई रबिन शंकरले कोरियोग्राफी गरेका छन् भने चर्चित सम्पादक निशान घिमिरेले भिडियो सम्पादन गरेका हुन् । NMV Productionको ब्यानरमा बनेको भिडियोलाई बजार ब्यबस्थापन गर्ने जिम्मा समेत prodctionको रहेको भिडियो निर्देशक संग्रौलाले बताएका छन् । Youtube लाइ सब्स्क्राईब गरेर आगामी दिनमा पनि सबैको साथ् र सहयोग मिल्नेमा संगीतकार तथा गायक समेत रहेका निर्देशक संग्रौला आशाबादी भएको बताउँछन् ।चर्चित नायिका वर्षा सिवाकोटी कार्य व्यस्तताका कारण प्रोडक्सनको सेडुल अनुसार काम गर्न असमर्थ भए पछि चर्चित डान्सर अलिशा राइलाइ लिएर काम गर्ने निर्णय अनुसार मोडेल राइलाई सम्पर्क गर्दा गीतको बोलमा खोट लगाएर आफु यो प्रोजेक्टमा काम नगर्ने बताएकी थिइन् l त्यस पछि मोडेल केकी अधिकारी लाइ सम्पर्क गर्दा बिस्तृत कुरा गर्न नपाइ फोन कल रिजेक्ट गरेर अभद्र व्यवहार देखाए पछि अन्तत नायिका सिवाकोटीलाई नै कुरेर भिडियो सुटिंङ गरिएको थियो l 
भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१