मनिषको होली गितमा हेमानीलाई लोला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७३, शनिबार १९:३५

काठमाडौ ।  सांस्कृतिक एवम् ऐतिहासिक पर्व होली नजिकिदै गर्दा ‘अग्रेजी गोरी’ नामको होली गीत सार्वाजनीक भएको छ । मनिष शाहीको स्वर तथा संगितमा र मिराज विक्रम शाहीको शव्दमा रहेको गीतमा गायक मनिष आफै नाचेका छन् । रनधिर श्रेष्ठले खिचेको सो गीतको भिडियोमा नाच्नको लागी मनिषलाई हेमानी ढुगालले साथ दिएकी छिन् ।
केही दिनअघि मात्रै सामाजिक सञ्जाल युट्युभमा रिलीज भएका सो भिडियोलाई धेरैले रुचाएका छन् । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण मानिने होली गित संगितका साथ खेलिने तथा मनाईने भएकाले यस गितलाई दर्शक स्रोताले मन पराउने निर्माण पक्षको दावी छ ।
वैराग्य र वैमनस्यता विर्सिएर प्रेम र सद्भावका साथ होली खेल्न सन्देश दिन सो गितको भिडियो तयार पारिएको सोही भिडियोकी मोडल हेमानीले बताईन् । होलीपर्वमा परापूर्वकालदेखि गाउँदै आईएको होली गीत जोगिरा लोप हुँदै गएको परिस्थतीलाई ध्यानमा राख्दै साही गितलाई स्मरण गराउने खालको आफ्नो गित रहेको मोडल हेमानीले बताईन् । उनले भनिन् ‘अहिले बजारमा पाइने जोगिराका अश्लिल संस्करणले पनि परम्परागत होली गीतमाथि धावा बोलेका छन् । परम्परा लोप हुँदै गएको र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेपछि लोप हुँदै गएको परम्परागत होलीगीत जोगिराको संरक्षण गर्न सोही लय तथा आशयमा गित ल्याएका हौ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१