नायिका केकी अधिकारी लागीन् अध्यात्ममा, बाहिरियो उनको जीवनकै अर्को रोचक पाटो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७३, शनिबार १८:१५
काठमाडौँ । गायक अनिश पाण्डेको मनसंग मन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । जसमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय रहेको छ ।
केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिकामा सशक्त अभिनय गर्न सफल भएकी छिन् । काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् ।
भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ । दिपेन्द्र थपलिया  र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् । हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१