यी हुन् आफ्नो नाम लुकाउने २२ चर्चित नेपाली कलाकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७३, बिहीबार ०६:४०

काठमाडौँ । सिने क्षेत्रका चर्चित केही सेलिब्रेटीहरुको वास्तविक नाम हामीमध्ये केहीलाई मात्र थाहा होला । कोही सेलब्रेटीहरुले सिने क्षेत्रमा प्रवेश गरेपछि आफ्नो नाम परिवर्तन गर्छन्।

करिश्मा मानन्धर –

सदावहार नायिका करिष्मा मानन्धरको नाम बच्चादेखि बृद्धसम्म सबैको मुखमा झुण्डिएको छ । तर धेरैलाई उनको वास्तविक नाम करिष्मा हैन भन्ने कुरा थाहा छैन । उनको वास्तविक नाम बुनु केसी हो ।
जितु नेपाल –

जितु नेपालको वास्तविक नाम पनि जितु हैन । उनको वास्तविक नाम जितबहादुर नेपाल हो । तर उनी जितुका नामले नै नेपाली सिनेमा र हाँस्यव्यङग्यमा जमे ।
निखिल उप्रेती –

एक्शन अभिनेताको रुपमा परिचित अभिनेता निखिल उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो । तर पछि उनले नाम बदलेर निखिल बनाए । फेरेको निखिल नाम उनलाई निकै फाप्यो । नागरिकतामा उनको नाम भने दिनेश उप्रेती नै छ।

झरना थापा –

अर्की सदाबहार नायिका झरना थापाको वास्तविक नाम पनि धेरै कमलाई थाहा होला । उनको वास्तविक नाम कमला थापा हो । फिल्म क्षेत्रमा आउनका लागि उनले आफ्नो नाम फेरेकी हुन् । झरनाद्वारा निर्देशित चलचित्र ए मेरो हजुर चाँडै हेर्न पाइने पक्का छ ।

पूजा चन्द –

अभिनेत्री पूजा चन्दको वास्तविक नाम पनि पूजा हैन । सुरज चन्दसँग विवाह गरेकी पूजाको वास्तविक नाम हो राधिका परियार । उनी निर्देशक सुरज चन्दसँग विवाह गरेर पूजा चन्द भईन् र यहि नामले चिनिइन् । तर हाल पूजाको नाम फेरि परिवर्तन भएको छ । अहिले उनको नाम पूजा आर लामा हो ।

जल शाह –

अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर उनी मात्र जल शाहका नामले परिचित छिन् । उनले धार्मिक चलचित्र श्री स्वस्थानीबाट आफ्नो फिल्मी करियर सुरु गरेकी हुन् । उनले १४ वर्षको उमेरमा राजेश हमालको जोडी बनेर सिनेमा अवतारमा अभिनय गरिन् । जल अहिले आफ्नो श्रीमान् र छोरीसँग अमेरिकामा बस्छिन् ।

आर्यन सिग्देल –

चक्लेटी नायक आर्यन सिग्देलको वास्तविक नाम हरिश सिग्देल हो । तर उनको हरिश नाम परिवारमा मात्र सिमित रहन पुग्यो । फ्यानहरुबीच उनी आर्यनका नामले परिचित छन् ।

गरिमा पन्त –

नायिका गरिमा पन्तको वास्तविक नाम कमला पन्त थियो । पछि उनले परिवर्तन गरेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छिन् । गरिमा विवाह गरेर सिनेमा उद्योगबाट टाढिएकी छिन् । तीन घुम्ती, रंग बैजनी, प्रितिको फूल, सम्झना लगायतका चलचित्रमा उनले काम गरिसकेकी छिन्

मेलिना मानन्धर –

अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि मेलिना हैन । उनको वास्तविक नाम सुनिता मानन्धर हो । उनले फिल्म प्रियसीबाट सिने यात्रा सुरु गरेकी हुन् । उनी आफैंले टेलिसिरियल करुणा निर्माण गरिन् र अभिनय पनि गरिन् । उनलाई दर्शकाले माया गरे र साथ पनि दिए । मेलिना केही वर्षको ग्याप पछि सिनेमा लालटिनमा देखा पर्दैछिन् ।

नन्दिता केसी –

नन्दिता केसीलाई पनि फेरेको नामले राम्रै परिचय दियो । नयाँ नाम उनलाई निकै फापेको छ । उनको वास्तविक नाम शोभा केसी हो । हाल उनी अमेरिकामा छिन् ।

युना उप्रेती –

अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन् । तर पनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनाएका छन् । युनाको वास्तविक नाम जमुना उप्रेती हो ।

उषा पौड्याल –

नेपाली फिल्म उद्योगसँगै भारतीय टेलिभिजनमा समेत काम गरेकी अभिनेत्री उषा पौड्यालको वास्तविक नाम रुपमणी पौड्याल हो । नेपाली सिने क्षेत्रमा काम गरेर अभिनयकै लागि उषा भारत गइन् । उनले भारतिय टेलिसिरियल ‘तुजसँग प्रित लगाइ सजना’मा काम गरिन् । हाल उषा विवाह गरेर अमेरिकामा सेटल भएकी छिन् ।

सुमिना घिमिरे –

मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री सुमिना घिमिरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडि ‘सु’ थपेकी थिईन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा गर्यो । उनको वास्तविक नाम मिना घिमिरे हो । पाइलट रोशन सापकोटासँग विवाह गरेर एक सन्तानकी आमा बनिसकेकी सुमिना हाल वैवाहिक जीवनमै रमाएकी छिन् ।

आना शर्मा –

फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो । पहिलो सिनेमाबाटै सफलता पाएकी आना अहिले दोस्रो सिनेमामा व्यस्त छिन् ।

मौसमी मल्ल –

अभिनेत्री मौसमी मल्लको वास्तविक नाम पनि मौसमी हैन । उनको वास्तविक नाम विष्णु माया ठकुरी हो । १३ वर्ष लामो सिने यात्रालाई अझै अघि बढाउन उनी निर्माता बनिन् र आफ्नो होम प्रोडक्शनबाट छोरा भिक्की मल्ललाई फिल्म समय बाट नेपाली सिने जगतमा डेव्यु गराइन् ।

दिनेश शर्मा –

अभिनेता दिनेश शर्माको नाम जयराम केसी हो । तर उनी नेपाली सिनेमा क्षेत्रमा दिनेश शर्माका नामले परिचित छन् । दिनेशलाई नेपाली सिनेमाका हिरोका साथै भिलेनको रुपमा पनि चिनिन्छ । उनले सिनेमामा मात्र नभएर टेलिसिरियल र डकुमेन्ट्रीमा समेत काम गरेका छन् ।

सुरवीर पण्डित –

अभिनेता सुरवीर पण्डितको वास्तविक नाम केशव पण्डित हो । सुरवीरले रेडियो नाटक, टेलिसिरियल र सिनेमाहरुमा अभिनय गरेका छन् । पर्दामा प्राय गरिब पात्रको भूमिका निभाउने भएका कारण उनलाई गरिब कलाकारको रुपमा पनि चिनिन्छ ।

विराज भट्ट –

विराज भट्टका नामले परिचित अभिनेता विराज भट्टको वास्तविक नाम भोजराज भट्ट हो । विराजले लामो समय सिनेमाम संघर्ष गर्दा पनि उपलब्धी हात नलागे पछि नाम फेरेर विराज बनाएको बताइन्छ । उनलाई फेरेको नाम निकै फापेको छ । विराज नेपाली सिनेमाका साथै भोजपूरी सिनेमाका पनि सफल अभिनेता हुन् ।

रमित ढुङ्गाना–

अभिनेता रमित ढुङ्गानाको वास्तविक नाम राधेश्याम ढुङ्गाना हो । एकताका सिनेमामा सफल मानिने रमितले केही समय सिनेमा बुद्ध वर्न ईन नेपालबाट कमब्याक गरे तर चलचित्रले खासै सफलता पाएन ।

विरेन श्रेष्ठ –

अभिनेता विरेन श्रेष्ठको पनि वास्तविक नाम विरेन हैन । उनको वास्तविक नाम विरेन्द्र श्रेष्ठ हो । विरेन म्यूजिक भिडियो हुँदै सिने क्षेत्रमा आएका हुन् । हालै मात्र उनले ठमेलमा आफ्नो रेस्टुरेण्ट खोलेका छन् र त्यसमै व्यस्त छन् ।

रेश मरहठ्ठा –

अभिनेता रेश मरहठ्ठाको वास्तविक नाम सुरेश मरहठ्ठा हो । तर उनले आफ्नो नामको अगाडिको अक्षर ‘सु’ हटाएर रेश मरहठ्ठाको नामले परिचित भएका छन् ।

जिया केसी –

सिनेमामा धेरै खुलेर अनि भुवन केसीसँग नाम जोडिएर चर्चा पाएकी अभिनेत्री जिया केसीको वास्तविक नाम जमुना केसी हो । उनले फिल्म हो यहि माया हो बाट डेव्यु गरेकी हुन् । चलचित्र एटिएममा आफ्ना सम्वादका कारण उनी चर्चामा रहिन् । त्यसपछि नायक भुवन केसीसँग प्रेम सम्बन्ध रहेको भन्दै उनको अर्को चर्चा चुलियो । हाल भने उनको चर्चा सेलाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१