डिप्रेसनबाट बच्न हप्तामा दुई पटक योगा गर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७३, आईतवार १९:०४

एक नयाँ अध्ययन अनुसार, हप्तामा दुई पटक योगा र गहिरो श्वास लिने कक्षाहरू जाँदा र घरमा निरन्तर अभ्यास गर्दा डिप्रेसनको लक्षण कम हुन सक्ने भनिएको छ।
यो अध्धयनमा , तनावको उपचारको लागि वैकल्पिक रूपमा योगमा आधारित कार्य गर्न सकिन्छ । अमेरिकाको बोस्टन् विश्वविधालयका प्रोफेसर क्रिस स्ट्रिटरका अनुसार, यो अध्धयन योग क्रियालाई समर्थन गर्छ, जून व्यक्ति तनावको लागि औषधी खाँदैनन् । यस्ता व्यक्तिका लागि योग उपयुक्त सावित बनेको छ ।

४०५ तनावग्रस्त मानिसहरू लामो समय सम्म औषधी सेवन गर्दा पनि पुर्ण रूपमा सवल रहन सक्दैनन् । तनाव अन्य बिमारीको तुलनामा लामो समय सम्म असक्तताको कारण रहने हुन्छ ।
यो शोध वैकल्पिक एवं पूरक चिकित्सक जर्नलमा प्रकाशित रहेको छ ।

प्रतिक्रिया