गोबिन्द उपाध्यायको शब्दमा अन्जु पन्तको स्वरमा रहेको यो गजल सुनेर मन्त्र मुग्ध नहुने को होला !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७३, आईतवार १७:५९

बहारमा रमाउने प्रयास बाँकी छ
फेरि तिमी आउने आश बाँकी छ
कसले भन्यो मायाको खेल खत्तम भो ?
बाजी मार्न तुरुपको तास बाँकी छ
पेशाले बैंकर गोबिन्दप्रसाद उपाध्यायको यो गित उनको नयाँ एल्बम सत्यता–३ मा समेटीएको नया गीत बहारमा रमाउने को अडियो रिलिज भएको छ । अन्जु पन्तको सुमधुर आवाजमा रकेको उक्त गीतलाई गायकरसंगीतकार कुसुम भट्टराईले सँगीत कम्पोज गरेका हुन् भने यसमा साहस शाक्यको एरेन्ज रहेको छ । पेशाले पत्रकार भट्टराई बिगत सात वर्ष यता शास्त्रीय संगीतको अभ्यास गर्दै आएका छन् । भट्टराईको म्युजिक कम्पोजमा अञ्जुको यो पहिलो गित हो । ‘धेरै पछि राम्रो गित गाउन पाइयो, मलाई त नबिर्से तिमिलाई गाउँदाजस्तै अनुभव भयो’, अञ्जुले भनीन् ।
युटुबमा राखिएको लिरिकल भिडियो पनि हिट भईरहेको छ । उनले ‘सत्यता’ १ र २ मा पनि अञ्जुकै स्वर समावेश गरेका थिए । विभिन्न अवार्डहरु पाइसकेका उपाध्यायको सत्यता–३ गजल प्रधान हुनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१