यस्ता छन् बलिउडले बनाएका १३ विश्व रेकर्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७३, आईतवार १७:५२
बलिउडमा बर्षेनी कैयन नयाँ स्टारहरू प्रवेश गर्छन् र कयैन फिल्म पनि बन्छन्। तीनै फल्महरूले कीर्तिमान कायम पनि गर्ने गरेका छन्। बलिउडले थुप्रै विधामा विश्व कीर्तिमान आफ्नो पक्षमा बनाएको छ जसमध्येका १४ कीर्तिमान यस्ता छन्:
१. समर्थ परिवार-सर्वाधिक मुख्य अभिनेत्री जन्माउने परिवार: समर्थ मुख्रजी परिवारले बलिउडमा ३ पुस्तासम्म लगातार अभिनेत्री बनेको परिवारको रेकर्ड बनाएको छ। शोभना समर्थ ४० को दशकमा चर्चित अभिनेत्री थिइन्। उनी पश्चात उनका दुई छोरी तनुजा तथा नुतनले त्यो सिलसिलालाई काजोलले निरन्तरता दिएपछि तेस्रो पुस्ता पुग्यो।
२. कुमार सानु: उनले एक दिनमा २८ गीतको रेकर्डिङ गरेर सन् १९९३ मा सर्वाधीक गीत रेकर्ड गर्न गायकको कीर्तिमान बनाए।
३. कपुर परिवार: २४ बढी कलाकार दिएर धेरै पारिवारिक संख्यामा कलाकार जन्माउने परिवारको रेकर्ड बनायो। चार पुस्ताका लघभग सबै फिल्ममा कलाकार बने। हाल रणविर कपुर तथा करिना यस परिवारबाट अभिनयमा सक्रिय रहेका छन्।
४. जगदीश राज: उनले ११४ फिल्ममा पुलिस अधिकारी बन्ने कीर्तिमान बनाएका छन्।
५. कहो ना प्यार हे: ऋतिक रोशनको डेब्यू फिल्मले सर्वाधिक समख्यामा फिल्म अवार्ड जित्ने फिल्मको कीर्तिमान बनाएको छ। फिल्मले विभिन्न अवार्ड कार्यक्रमबाट ९२ अवार्ड जित्यो।
६. आशा भोषले: गायिका आशा भोषलेको नाममा सर्वाधिक समख्यामा गीत रेकर्ड गर्ने गायिकाको कीर्तिमान छ. उनले २० भाषाका ११ हजार गीतमा आफ्नो स्वर दिएकी छन्। सन् १९४७ देखी सन् २०११ सम्मको गीत संख्याका आधारमा उनको सो रेकर्ड कायम भएको हो।
७. समिर अन्जान: ६५० फिल्मका लागि ३५२४ गीत लेखेरे गीतकार समिर अन्जानले सन् २०१५ मा सर्वाधिक गीत लेख्ने गीतकारको कीर्तिमान राखेका थिए।
८. कैस ओर लैला: सन् १९८६ मा रिलिज भएको फिल्मको नाममा २० वर्षसम्म निर्माण चलेको फिल्मको कीर्तिमान कायम छ। सन् १९६४ मा फिल्मका मुख्य अभिनेता गुरू दत्त तथा सन् १९७१ मा निर्देशक के आसिफको निधन भएपछि संजीब कुमारले अभिनय गरेर फिल्म पूरा गरेका थिए।
९. यांदे: सन् १९६४ मा सुनिल दत्तले बनाएको यस फिल्मले सर्वाधिक कम कलाकारको अभिनय रहेको फिल्मको कीर्तिमान बनाएको थियो। ११३ मिनेट लामो फिल्ममा सुनिल दत्त मात्र छन्।
१०. ललिता पवार: सन् १९२८ बाट फिल्मी करियर सुरू गरेकी अभिनेत्री ललिता पवारले ७०० बढी फिल्ममा अभिनय गरेर सर्वाधिक लामो समयको फिल्मी करियरको रेकर्ड बनाइन्। १२ वर्षको उमेरबाट उनी फिल्ममा लागेकी थिइन्।
११. पैदी जयराज: उनले पुरूष अभिनेता तर्फ सर्वाधीक लामो फिल्मी करियरको कीर्तिमान बनाए। उनी ७० वर्षसम्म फिल्ममा सक्रिय थिए। यस अवधिमा ३०० फिल्ममा उनले काम गरे।
१२. बाहुबली: फिल्मले सर्वाधिक ठूलो पोस्टरको विश्व कीर्तिमान आफ्नो नाममा राखेको छ। सो पोस्टर ५१,५९८.२१ वर्ष फिटको बनाइएको थियो।
१३. अशोक कुमार: दनले मुख्य भूमिकामा सर्वाधिक लामो समय फिल्मी करियर बनाए। उनी ६३ वर्ष फिल्ममा रहे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१