करण कंगनासँग रिसाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७३, मंगलवार ०६:३४

अभिनेत्री कंगना रनौटसँग बलिउडमा नरिसाउने कमै होलान् । यस्तो किन भने कंगना आफ्ना विषयमा मात्र होइन, अरूका विषयमा पनि कडा टिप्पणी गर्छिन् ।

कतिपयले त उनलाई चर्चामा आउन अरू कलाकारबारे ‘जे पायो त्यही’ भन्ने गरेको आरोप पनि लगाउने गरेका छन् । हुन पनि कंगनासँग बारम्बार बलिउडका अरू अभिनेता रिसाएको खबर आइरहेका हुन्छन् । केही दिनअघि मात्र उनीसँग शाहिद कपुर रिसाएको व्यापक चर्चामा थियो । कंगनाले कडा शब्दमा शाहिदको आलोचना गरेपछि शाहिदले कंगना सहभागी हुने कार्यक्रममा आफू नजाने घोषणा नै गरे ।

अब उनीसँग रिसाएका छन्, बलिउड निर्माता तथा निर्देशक करण जौहर । कार्यक्रम ‘कफी विथ करण’मा आफ्नै शैलीमा जवाफ दिएपछि करण कंगनासँग रिसाएका हुन् ।

त्यो कार्यक्रममा कंगनाले करणलाई बलिउडको ‘स्टेरियो टिपिकल’ मान्छे भनेकी थिइन् । यसबारे करणलाई सामाजिक सञ्जालमा उनका फलोअर्सले व्यापक सोधेका थिए । कंगनासँग सम्बन्धित प्रश्नमा करणले फलोअर्सलाई रिसाएरै जवाफ दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१