‘मेरो देश नेपाल’ नामक गीति एल्बमको पूर्व प्रधानमन्त्री नेपाल द्वारा लोकार्पण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७३, सोमबार १८:०३

काठमाडौं, १६ फागुन। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता माधव कुमार नेपालले राष्ट्रियता संगै विविधतालाई ध्यानमा राखेर गीत संगीतको रचना गर्नुपर्ने  बताएका छन्।

राजधानको भृकुटिमण्डप स्थित नेपाल पुलिस क्लबमा तिलक बस्नेतको मेरो देश नेपाल नमक गीतसंग्रहको बिमोचन गर्दै यस्तो बताएका हुन्।

नेता नेपालले भने,‘हामी जहाँ बसेपनि नेपाली हौँ, हाम्रो थर नेपाली हो, तिलक बस्नेतका गीतहरूले एकताको सनदेश प्रवाह गरेका छन्, गीत संगीतले मानिसमा उत्प्रेरणा जगाउँने काम गर्दछु, पूर्बको माया पश्चिममा, पश्चिमको माया पूर्वमा पुर्याउने काम गर्नुपर्छ।’

नेता नेपालले फरक प्रसँगमा पत्रकार ऋषि धमलाको खुलेर प्रसंशा गर्दै भने,‘ऋषि धमलाले बोल्दै गर्दा आज भन्दा १९ बर्ष पहिलेको एक घटनालाई सम्झिरहेको छु,त्यति बेला भरखरको ठिटो हुनुहुुन्थ्यो, मेरो पखाईमा रहेका धमला राती १२ बजेसम्म बिजुलीको पोलमा कुरेका रहेछन्, पानि परिरहेको थियो, अरु सबै पत्रकारलाई बिदा गरिसक्दा पनि उहाँ कुरिरहनु भएको रहेछ, आज आएर बोल्दै गर्दा साँच्चै ऋषि मुनिको देशमा आझै ऋषि बाँकी छन् जस्तो लागि रहेको छ, कतव्र्यवान हुनुपर्छ, मेहनत गर्नुपर्छ भनेर धमलाबाट सिक्नुपर्छ।’

त्यस्तै गीती एल्वम ‘मेरो देश नेपाल’को बिमोचनमा पुगेका पूर्व–अर्थमन्त्री रामशरण महतले हाम्रो देश विश्वको प्राचिन तथा एकमात्र स्वतन्त्र देश भएको दावि गरेका छन्।

डा.महतले भने,‘दक्षिण यशियाको सबैभन्दा पुरानो देश नेपाल, विश्वको स्वतन्त्र देश नेपाल, सबै जाति भाषा धर्म जातीको अभिभाज्य देश नेपाललाई सजिलो तरिकाले चिनेर हुँदैन, सजिलो तरिकाले बुझ्न सकिदैन सरल तरिकाले देशलाई लिनु मुर्खता हो।’
उनले अघि थपे,‘पुर्खाले एक बनाएको देशलाई आज आएर अनेक बनाउनु हुँदैन, जाति तथा भूगोलको आधारमा राजनीति गर्नु भुल हो, देशको विकास गर्नतर्फ सबैको ध्यान जानुपर्छ।’

त्यस्तै कार्यक्रममा एमालेका नेता लालबाबु पण्डितले केही फिरन्तेहरूले बजाई रहेको बाजामा केही व्यत्तिहरू नाच्ने गरेको बताएका छन्।नेता पण्डिले भने,‘हाम्रो देशमा आफ्नै बाजा छन्, आफ्नै खुट्टाले नाच्न सक्छौँ, अरुको तालमा नाच्नेहरूको जनताले पाखा नलगाएसम्म हाम्रो भलो हुँदैन, तिलकख जीले गीत मार्फत जुन प्ररकारको दृश्य कैद गर्नु भएको छ, यो उदाहरिणय काम हो, यस बाट सिक्नुपर्छ।’
उनले फरक प्रसँगमा एक जना कच्चा नेपालीले हात मिलाउदा आफुले साबुन पानिले हात धोएको बताए।

उनले भने,‘उहाँ ग्रीन कार्ड लिएको कच्चा नेपाली हुनुहुदो रहिछ , मैले पछि थाह पाए, जसले देशमा केही छैन् भनेर विदेश जान्छ आफ्नै देशका अनेक कुरा काटेर बस्तो मानिस सच्चा नेपाली हुन सक्दैन।’
कार्यक्रममा मेरो देश नेपालको निमार्ण गर्नको लागि साथ दिने पत्रकार ऋषि धमला, पत्रकार मुकुन्द ढुंगाना आशिका बस्नेत, रेखा बस्नेत लगायतलाई सम्मान गरिएको थियो । 

मेरो देश नेपाल बोलको गीतमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राम शरण महत, ऋषि धमला, टोपबहादुर रायमाझि, लालबाबु पण्डित लगायतको अभिनय देख्न सकिन्छ।

कार्यक्रममा मेरो देश नेपालको संयोजक तथा समाजसेवी लोक बहादुर टन्डनले तिलक बस्नेतले देशको लागि उदाहरणिय काम गरेको भन्दै प्रशंसा गरे। उनले भने,‘हाम्रो देश आजको स्थितिमा अनेक समस्याको बीचमा छ, यस समस्याबाट पार लगाउनको लागि माधव नेपाल , रामशरण महत ,लालबाबु पण्डित जस्ता नेताहरूले प्रभावकारी भूमिका खेल्नुपर्छ, हामि सबै मिलेर देश बनाउनु पर्यो तिलक बस्नेतका गीतले भने झै हामी सबै नेपालीले सफल्ता पाउने छौ।’

गायक तिलक बस्नेतले गीती एल्बम मेरो देश नेपालको लागि साथ सहयो गर्ने सबैलाई धन्यवादका साथै गीत गाएर दर्शकलाई उचालेका थिए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१