नेपालसहित विश्वका १९ देश भन्दा पनि धनी भारतीय उद्योगी मुकेश अम्बानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७३, शनिबार ०७:४५
एजेन्सी ।  भारतीय उद्योगी मुकेश अम्बानी त्यहाँकै सबैभन्दा धनी व्यक्ति हुन् भन्नेमा कुनै विवाद छैन । तर उनी नेपालसहित विश्वका १९ देश भन्दा पनि धनी छन् भन्दा अचम्म लाग्न सक्छ । कारोवारमा खबर छ ।
 
 
 
तर सत्य भने यही नै हो । उनी नेपालसहित विश्वका १९ देश भन्दा पनि धनी भएको विवरण विश्वचर्चित म्यागेजिन ‘फोर्ब्स’ को एक रिपोर्टले देखाएको छ । फोर्ब्सका अनुसार अम्बानी भन्दा गरिब विश्वका १९ देश रहेका छन् ।
 
१९ देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा धेरै सम्पत्ति अम्बानीको साथमा रहेको छ । उनको साथमा भारतका दुई छिमेकी देश नेपाल र अफगानिस्तानको भन्दा बढी सम्पत्ति रहेको छ ।
 
यति मात्र हैन उनी धनीको सुचीको यूरोपियन र अफ्रीकी देशमा पनि चर्चामा रहेका छन् । अम्बानीको कुल २३‍.१ अमेरिकी डलर रहेको छ ।
 
विश्यवमा यस्ता देशहरु पनि रहेका छन्, जसको जीडीपी २३ अर्ब डलर रहेको छ । तर उनको सम्पत्ति भने २३‍.१ अमेरिकी डलर रहेको छ ।
 
देश जीडीपी (अरब डलर) अन्तर (अरब डलर)
 
अल्बानिया (यूरोप) १२‍.१ ११
निकारागुआ (अमेरिका) १३‍.४ ९.७
लाओस (एसिया) १३.८ ९.३
जमैका (नर्थ अमेरिका) १३.८ ९.३
माली (अफ्रिका) १४.१ ९
जिम्बाब्वे (अफ्रिका) १४.२ ८.९
जर्जिया (युरोप) १३.५ ८.६
आइसल्याण्ड (नर्थ अमेरिका १४.६ ८.५
सेनेगल (नर्थ अमेरिका) १४.९ ८.२
बोस्निया (युरोप) १६.५ ६.६
अफगानिस्तान (एसिया) १६.४ ४.७
कम्बोडिया (एसिया) १९.४ १९.४
आइसल्याण्ड (युरोप) १९.४ ३.७
पप्पुआन्यूगिनी १९.९ १९.९
साइप्रस (यूरोप) १९.९ ३.२
जाम्बिया (अफ्रिका) २०.६ २.५
होन्डुरस (अमेरिका) २०.९ २.२
नेपाल (एसिया) २१.२ १.९
टोब्यागो २२.८ ३

प्रतिक्रिया