भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७१, शुक्रबार ०९:५८

काठमाडौँ, ९ साउन ।  नवनिर्वाचित भारतीय सरकारकी विदेशमन्त्री सुष्मा स्वराज ३ दिने भ्रमणको शिलशिलामा आज नेपाल आउने भएकि छिन् । २३ वर्षपछि नेपाल–भारत विदेशमन्त्री स्तरीय संयुक्त आयोगको बैठकको लागि स्वराज आज साँझ ६ बजे नेपाल आइपुग्ने भएकी हुन् । सन् १९८७ मै गठन भएको आयोगको सन् १९९१ को दोस्रो बैठकपछि कुनै पनि बैठक बस्न सकेको छैन । Sushma Swaraj takes chargeआयोगलाई निरन्तरता दिने उद्देश्यले बैठकको आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक शनिवार विहान १० बजेबाट प्रारम्भ हुने पनि मन्त्रालयले जनाएको छ । बैठकमा राजनीति, सुरक्षा, नेपाल–भारत सीमा व्यवस्थापन, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत तथा संस्कृति, शिक्षा र सूचना प्रविधिजस्ता विषयलाई प्राथमिकतामा राखेर महत्वपूर्ण छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा स्वराजले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु लगायतसँग भेटवार्ता गर्ने पनि कार्यक्रम तय भएको नेपाल स्थित भारतीय राजदुतावासले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको विदेशमन्त्रीको नेपाल भ्रमणलाई विशेष भ्रमणको रुपमा हेरिएको छ । – See more at: http://aajakokhabar.com/news_details.php?news=8790#sthash.ZdXEa0Ls.ppz6TH7w.dpuf

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१