संखुवासभाको चैनपुर आँखा उपचार केन्द्र स्थापना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७१, शुक्रबार ०६:०८

योगी योगेन्द्र/संखुवासभा,९ साउन । जिल्लाको चैनपुर नगरपालीका स्थित एक कार्यक्रमका वीच चैनपुरमा आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ तथा तेजरत्न आँखा उपचार केन्द्र खाँदवारीद्धारा आयोजना भएको उक्त उद्घाटन कार्यक्रमको पानसमा दीप प्रज्वलन गर्दै संखुवासभा जिल्ला निर्वाचन क्षेत्र नं. २ माननीय सभासद् दिपक खड्काले कार्यक्रम उद्घाटन गरेका थिए ।download (3) यो आँखा उपचार केन्द्र निकट भविष्यमा आखा अस्पतालमा परिणत हुन सकोस आफ्नो तर्फवाट यसका लागि कुनै कसर वाकी नराख्ने सभासद खडकाले सो अवसरमा वताए । सोही कार्यक्रममा खड्काले तोकिएको समियमा संविधान निमार्ण गर्न आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेको धाराणा समेत राखेका थियो । यसै अवसरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाटी, राजनीतिदलका प्रतितिधि, सामाजिक संघ संस्थाका अगुवाहरु, लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सभापतित्व चैनपुर उद्योगवाणिज्य संघका अध्यक्ष आशिष शाक्यको सभापतित्वमा भएको कार्यक्रममा तेजरत्न आँखा अस्पताल खाँदवारीका श्यामसुन्दर उदास, सरोज वज्राचार्य, युवराज शाक्य, लगायत वक्ताहरुले कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए । चैनपुर आँखा उपचारकेन्द्र स्थापनाका लागि नेपाल नेत्रज्योतिसंघ खाँदवारी, तेजरत्न आखा उपचारकेन्द्र खाँदवारी, चैनपुर उद्योगवाणिज्य संघ,चैनपुर  आँखा उपचार व्यवस्थापन समिति लगायतको सहयोगमा चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक भवनमा आजदेखि नियमित आँखाउपचार केन्द्र सञ्चालनमा आउने भएपछि मोतिविन्दु, लगायत विभिन्न आँखा सम्बन्धी रोगहरुको उपचार गरिनुका साथै आँखाको लागि चस्मा समेत व्यवस्था गरिने आखा उपचार केन्द्र चैनपुरका अध्यक्ष चन्द्रबहादुर मोक्तानले जानकारी दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१