काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १३ औँ राष्ट्रिय महाधिवेशन यही फागुन ९ र १० गते काठमाडौँमा हुँदैछ । “गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता” भन्ने मूल नारासहित हुने महाधिवेशनमा देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिए। करिब ६ हजार शिक्षण संस्था र करिब दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा नयाँ नेतृत्वका लागि फागुन ८ गतेदेखि मनोनयन हुनेछ।
प्रतिक्रिया