नेविसंघ बेलायतद्धारा पवित्र समाज सेवालाई सहयोग हस्तान्त्रण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७१, शुक्रबार ०५:४१

लण्डन- नेपाल विद्यार्थी संघ युकेले नेपाली स्थित पवित्र समाज सेवाको सहयोगार्थ लण्डनमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्‍यो । समाजकी अध्यक्ष्ादिक्षा चापागाईंको बेलायत भ्रमणको अवसर पारी मंगलबार काठमाडौं नेप्लिज कुजिन रेष्टुरेण्टमा आयोजना गरिएको च्यारिटीबाट संकलित करीब  दुईलाख चालीसहजार रुपैंया मध्ये पांचसय दश पाउण्ड -करीब नब्बे हजार रुपैंया) पाउण्ड नेविसंघ बेलायतका अध्यक्ष उमेश भण्डारी लगायत नेविसंघ बेलायतका उपस्थित सदस्यहरुलेहस्तान्तरण गरे ।image_4 बांकी एकदलाख पचास हजार रुपैयामा एनआरएनए युकेका अध्यक्ष महेन्द्र कंडेलले नेबिसंघ युके मार्फत रु एकलाख रुपौंया र जनसम्पर्क समितिकाविभागीय सदस्य बिज्ञान प्रसाई र जनसम्पर्क समिति बेलायतका सभापति चेतनाथ खनालले रु पचासहजार दिने प्रतिबद्धता जनाएका छन ।

 

कार्यक्रमकी प्रमुख अतिथि चापागाईंले पवित्र समाजले गरेका क्रियाकलपहरु बारे जानकारी नेविसंघ बेलायतले गरेको कार्यक्रममा सहभागिता जनाउन पाउंदा खुशीलागेको बताईन । अन्तराष्ट्रिय वाङ्मय प्रीतष्ठानको निमण्त्रणामा बेलायत आइपुगेकी उनले समाजले कोहि जाती, धर्म, लिङ र उमेरका आधारमा भेदभाव नगरिसबैलाई आश्रय दिइएको बताईन । उनले बृद्धबृद्धा तथा बालबच्चाहरु बस्ने घर नभएको बताउंदै उनीहरुलाई बास स्थानको व्यवस्था गर्नु आफ्नो मुख्य ध्येय रहेकोजानकारी दिइन ।

नेविसंघ बेलायतका अध्यक्ष उमेश भण्डारीले सहभागिप्रति आभार प्रकट गर्दै नेविसंघ बेलायतले समाजलाई यसरी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । साथैसभापति भण्डारीले बि पी कोइरालाको ३२ औ स्मृति दिबसको सेरोफेरोमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।

 

कार्यक्रममा नेपाली राष्ट्रिय गान बजाईनुका साथै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा नेबिसंघ बेलायतका सदस्य गण्ाेश दाहालले स्वागत मन्तव्य दिएभने विद्याथी दिपेश बिष्टले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पवित्र सेवासमाजले गरेका गतिविधहरु समेटिएर तयार पारीएको भिडियो बृत्तचित्र प्रदर्शनी गरिएको थियो ।

 

कार्यक्रममा नेपाली कांग्रेस जनसम्पर्क विभाग सदस्य विज्ञान प्रसाई, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष महेन्द्र कंडेल, एनपीसीसी बेलायतका सभापति चेतनाथ खनाल, महामन्त्री युबराज सिंह, बि बि सी नेपाली सेवा युकेका सुमन खरेल, यति एसोसियसन युकेका अध्यक्ष्ा उमेश मोक्तान हरि के सी, भाइराजा गुरुङ,अन्तराष्ट्रिय नेपाली बाङ्मय प्रतिष्ठानका उपाध्यक्ष गोपी कृष्ण प्रसाई,समाजसेवीनबराज भट्टराई, फोटो पत्रकार एभरेस्ट गौतम, पत्रकार शिब भण्डारी, रञ्जित बस्नेत, गायक सुजन पराजुली र नेपाल बिधार्थी संघका सदस्य कुश बस्नेत, नबराजकार्की, तेज खड्का, लक्ष्मी बस्नेत, विद्यार्थीहरु गौरब ढकाल, रुपक अधिकारी, राधा घिमिरे, अर्जुन थपलिया लगायतको सहभागिता थियो ।

प्रतिक्रिया