“हतकडीमा देश” कविताकृतिको विमोचन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार ०६:३६

स्रष्टा महेश्वर पन्तको नविनतम कथाकृति “मुन्द्री” र एल. बी. ऐरको “हतकडीमा देश” कविताकृतिको विमोचन समारोह  सम्पन्न भएको छ  । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको सो समारोहमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले दुबै कृतिको विमोचन गर्नु भएको हो । अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो समारोहमा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रा. डा. पार्थिवेश्वर तिमल्सिनाले विमोचित कृतिका बारे मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि माया ठकुरी, अध्यक्ष राधेश्याम लेकाली, अनेसास सदस्य गीता मैनाली, सङगीतकार नरहरी प्रेमी र स्रष्टा महेश्वर पन्तलगायतले बोल्नु भएको थियो । विमोचित दुबै कृति अनेसास केन्द्रिय समिति र नेपाल च्याप्टरले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१