सिन्धुलीगढीको इतिहास बुझाउने पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी पुस्तक’ बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७३, बुधबार १४:४१

काठमाडौं ।  तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गरिेरहेका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याएका छन् ।
समृद्ध सिन्धुली अभियानले आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका संचालक सदस्य घनेन्द्र श्रेष्ठ, बोर्डका निमित्त निर्देशक सुनिल शर्मा, साइकल यात्री देवेन्द्र बस्नेत र डाउनहिल साइक्लिङकी नेपाल च्याम्पियन लक्ष्मी मगरले पुस्तक सार्बजनिक गरे ।
पुस्तकले सिन्धुलीगढीसँग सम्बन्धित ३ वटा खास कुराहरुलाई उजागर गरेकोछ । पहिलो कुरा सिन्धुलीगढी क्षेत्रको वैदिककालिन अस्तित्व र धार्मिक महत्व । सिन्धुलीगढी क्षेत्र वरपर रहेको धार्मिक तथा पुरातात्विक महत्वका दुर्लभ सन्दर्भहरु पुस्तकमा प्रस्तुत गरिएकोछ । राजा जनकको दरवारका विप्र याज्ञवल्क्यको तपोभुमी तथा शिद्घि प्राप्त गरेको सन्दर्भ तथा नेपाल एकीकरणको संगिन घडिमा सिन्धुलीगढी क्षेत्रमा पृथ्वीनारायण शाहले निर्माण गरेको भद्रकाली मन्दिरको सन्दर्भहरु पुस्तकमा समेटिएका छन् । पुस्तकमा सिन्धुलीगढीको सामरिक र आर्थिक महत्वको सन्दर्भहरुको साँच्चै जिवन्त प्रस्तुतिकरण छ । सिन्धुलीगढी क्षेत्रमा मल्लकालिन समयदेखि नै भन्सारचौकी भएको र यसको आर्थिक महत्वको कारणमा विभिन्न कालखण्डका शासकहरुविच भएको संघर्षले नेपालको इतिहासलाई स्वर्णिम पाना प्रदान गरेको आभास हुन्छ ।
पुस्तकमा नेपालको एकिकरणमा बाधा अड्चन पुर्याउने अभियानमा आएका अंग्रेजी फौजसँगको गोर्खालीहरुको यूद्घको विस्तृत विवरण उपलब्ध छ । नेपालको इतिहासमा समेटिन नसकेका सिन्धुलीगढीको लडाईका दुर्लभ सन्दर्भहरु यो पुस्तकमा समावेश भएको छ । लेखकले सिन्धुलीगढीको यूद्घ भएको तिथिमितिलाई एकिन गरेर विजय दिवसको दिन पत्तो गर्न सफल भएकाछन् ।
नेपालक एकीकरण पश्चातका समयमा पनि सिन्धुलीगढी क्षेत्र शासकहरुको आँखामा परिरहेको सन्दर्भ पुस्तकमा उल्लेख छ । भिमसेन थापाको समयमा भएको नेपाल अंग्रेज युद्घमा यो गढीबाट अंग्रेजले काठमाण्डौ जाने चेस्टा समेत गरेका रहेनछन् कारण यसको दुर्भेद्यता,दुरुहत र आधा सताब्दी अगाडि यही गढीमा खाएको चोट विर्सिसकेका रहेनछन् । यो कुरा पुस्तकमा प्रस्ट पार्ने प्रयास भएकोछ । त्रयी शासनको समयमा सिन्धुलीगढीको प्रशासन नुवाकोटमा रहेका यूवराजको नामबाट चलेको रहेछ भने कोतपर्वको लागि आफ्ना विश्वासी लडाकुहरु मध्ये २ जना त सिन्धुलीगढीबाट नै झिकाइएको रहेछ । जंगबहादुरको अवसान पछाडिका समयमा प्रधानमन्त्री बमवहादुरका छोरा बमविरविक्रमले भब्य सिन्धुलीगढी दरवार निर्माण गरेको पुर्ण पाठ पुस्तकमा छ । गढी दरवार किन र कसरी वन्यो, को को बडाहाकिम भई आए र उनिहरुले के के काम गरे भन्ने पुर्ण ब्याख्या पुस्तकमा छ ।
समग्रमा पुस्तकमा इतिहासका घटनाक्रमलाई कथा जसरी वढाइएको छ । त्यसैले पुस्तक निकै पठनीय छ । संसारमा साम्राज्य खडा गर्न अगाढि बढेको अ्रग्रेज सेनालाई परास्त गरेको सिन्धुली गढीको इतिहास बुझ्न चाहनेहरुका लागि पूस्तक पठनीय छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१