मोती पत्रकारिता पुरस्कार भण्डारीलाई, केटो पुरस्कार लामालाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७३, आईतवार १८:२०
बिर्तामोड।  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ ।
त्यस्तै केटो पत्रकारिता पुरस्कार युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ ।
महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशी ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशी १५ हजार रुपैया रहेको  महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।
हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिने छ ।
भण्डारी महासंघका संस्थापक महासचिव हुन् भने हाल कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक रहेका छन् । युवा पत्रकार लामा पूर्व सन्देश दैनिक र सप्तरंगी एफएममा  आबद्ध छन् ।
केटो पत्रकारिता पुरस्कारको राशी ११ हजारबाट वृद्धि गरी यसैवर्षबाट १५ हजार रुपैयाँ बनाउने समेत समितिले निर्णय गरेको छ ।
त्यस्तै, पत्रकार सहारा उपचार कोषमा ५ लाख रुपैयाँसहित महत्वपूर्ण सहयोग पु¥याउने सहारा नेपाल साकोस, झापाका अग्रज पत्रकारहरु गोविन्दचन्द क्षेत्री, नकुल काजी, गञ्जबहादुर दाहाल र अमृतलाल श्रेष्ठलाई समेत विशेष सम्मान गर्ने महासंघले निर्णय गरेको छ ।
त्यस्तै, अधिवेशनलाई लक्षित गरी महासंघले प्रतिवेदनहरुसहित समेटेर प्रकाशन गर्न लागेको पुस्तिका प्रकाशनको संयोजकमा महासंघका सचिव एकराज गिरीलाई चयन गरिएको छ ।
अधिवेशनमा पेस गर्न सचिव गिरी र कोषाध्यक्ष प्रेम आचार्यद्वारा तयार पारिएको प्रगति र आर्थिक प्रतिवेदन छलफलसहित बैठकले पारित तथा अनुमोदन गरेको छ । महासंघ झापाले मोती पत्रकारिता पुरस्कार अक्षयकोषको खाता सहारा नेपाल साकोस बिर्तामोड शाखामा खोली १ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय समेत गरेको उपाध्यक्ष तारामणि सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१