सम्राट सिंह/बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल संञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो ।
अनुगमन गर्दा सेती अञ्चल अस्पतालका डाक्टर सुरज तिवारी बिदा लिएर दर्ता नै नभएको भगवती क्लिनिकमा शिविर संञ्चालन गरेर बिरामी चेकजाँच गरिरहेका भेटिएको अनुगमन टोलीले जनाएको छ । भगवती क्लिनिकको आयोजनामा २ दिनदेखि सदरमुकाम चैनपुरमा मानसिक रोगीहरुको लागि शिबिर संञ्चालन भएको अवस्थामा अनुगमन टोलीले अनुगमन गरेको थियो ।
जिल्ला प्रशासनले अनुगमन गर्दा जिल्लाको मुटु मानिने सदरमुकाम चैनपुरको बिच बजारमै औषधिको दोब्बर मुल्य लिने गरेको देखि दर्ता बिना नै संञ्चालन गरेको भगवती क्लिनिक भेटिएको जिल्ला अस्पतालको डाक्टर बिष्णु खतिवडाले बताए । अनुगमन गर्दा औषधि पसलेहरुले दोब्बर मुल्य दिएर जनताको ढाड सेक्ने गरेको छ, जनतालाई लुट्ने यस्ता औषधि पसलेहरुलाई कडा कारबार्हि गर्नुपर्ने उनको भनाइ छ ।
भगवती क्लिनिक भैरवनाथ गाविसका समीत राज धामी ले संञ्चालन गर्दै आएका छन । आजै सदरमुकाम चैनपुरमा रहेको न्यु चैन मेडीकल लगायत अन्य औषधि पसलहरुमा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।
औषधि पसल दर्ता सबै ठाउँमा भएको तर प्रमाण पत्र ल्याउन बाँकी रहेको भगवती क्लिनिक का संञ्चालक समित राज धामी बताए । औषधि पसल दर्ता गरी ६०१०६५८११ नम्बरको पान नम्बर समेत लिएको उनको भनाइ छ ।
लामो समय सम्म बझाङको सदरमुकाम चैनपुरमा यसरी दर्ता नै नगरी खुलेयाम मेडिकल संचालन गर्दै आएको भएपनि यहाँको प्रशासन मौन बस्ने गरेको स्थानिय श्याम नेपाली बताए । प्रशासनले पटक पटक औषधि पसल संञ्चालक पक्राउ गर्ने र कानुनी दायरा नल्याएरै छाड्ने गर्नाले यस्ता घटना दोहोरिने गरेको उनको भनाइ छ ।
औषधि पसलले शिबिर संञ्चालन गरेर दोब्बर मुल्य लिने गरेको जनगुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लको नेतृत्वमा अनुगमन टोली पठाएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले भने अनुगमन गर्दा दर्ता नै नगरी संञ्चालन भएका औषधि पसलहरु देखि औषधि दररेटमा दोब्बर लिने गरेको देखिएकाले आवश्यक छानविन गरी काबार्हि पक्रिया अघि बढाइने छ ।
प्रतिक्रिया