ज्योति मगरले नाच्दा नाच्दै कपडा खोलेपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७३, आईतवार ०९:३७

दाङ ।  गायिका ज्योति मगर आफ्ना नृत्य र गीतसंगीत प्रस्तुत गर्न आउँदै छिन् भन्ने उद्घोष मञ्चबाट हुनेबित्तिकै दर्शकको हुटिङ, होहल्ला र तालीले मोहत्सवस्थल गुञ्जायमान भयो । हास्यव्यंग्य कलाकार कमल गाउँलेको पटकपटकको उद्घोषले ज्योति मगरलाई बसेको ठाउँबाट मञ्चको अगाडि आउँदा केही समय लागेको थियो । त्यतिबेलासम्म दर्शकको हुटिङ बढेपछि ज्योति मञ्चमा प्रस्तुत भइन्, आजको राजधानीमा खबर छ ।
दाङको तुलसीपुरमा गत १३ माघदेखि जारी मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलाको शुक्रबार दिउँसोको दृश्य हो । सो मेलामा सबैभन्दा बढी होहल्ला र रौनक ल्याउन गायिका ज्योति मगर सफल भएको आयोजक पक्षको भनाइ छ । यसरी ज्योति मगरको प्रस्तुति जब सुरु भयो तब हुटिङ र होहल्ला झन् बढ्यो । जिम्माल बाउकी छोरी‘छोरी गीत उनले गाउँदा युवाहरू त हुटिङ गर्दै नाचे । सो क्रममा वृद्धदेखि बालसक्क नाच्न पछि परेनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१