वीर अस्पतालमा पहिलो पटक कलेजोको कडापन जाँच्ने आधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ ल्याइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७३, शुक्रबार ०८:१२

काठमाडौं।  वीर अस्पतालमा पहिलो पटक कलेजोको कडापन जाँच्ने आधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ ल्याइने भएको छ। हेपाटाइटिस ‘बि’ र ‘सि’ तथा मदिरा सेवनका कारण कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाबिनै कलेजोको कडापन थाहा पाउन सकिने उक्त मेसिन हालसम्म कुनै पनि सरकारी अस्पतालमा छैन।
स्वास्थ्य मन्त्रालय र रोटरी क्लवको संयुक्त लगानीमा उक्त उपकरण वीर अस्पतालमा ल्याउने तयारी भएको हो। दुई करोड रुपैयाँभन्दा बढी पर्ने उक्त फाइब्रो स्क्यानका लागि मन्त्रालयले २० लाख रुपैयाँ लगानी गर्ने छ भने बाँकी रकम रोटरीले लगानी गर्नेछ।

फाइब्रो स्क्यानले कलेजोको अवस्था जाँच गर्न शल्यक्रियामार्फत बायस्पी गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ। यो उपकरणले बिरामीलाई शल्यक्रिया गर्नुपर्ने अवस्था वा परीक्षणका लागि भारत जानुपर्ने बाध्यता समेत अन्त्य गर्नेछ।

कलेजोमा फाइब्रोसिस ९कोष क्षति भएर हुने कडापन०बढी भयो भने यो समस्या देखिन्छ। यसअघि कलेजोमा कडापन भएरनभएको थाहा पाउन बायस्पी ९शल्यक्रियामार्फत कलेजोको टुक्रा काटेर गरिने परीक्षण० गर्नुपर्ने वाध्यता थियो।

कलेजो रोग विशेषज्ञ डा।दिलीप शर्माका अनुसार स्वस्थ कलेजो नरम हुन्छ। कुनै कारणले कलेजोमा समस्या बढ्दै जाँदा यसको कडापन पनि बढ्दै जान्छ। कडापन बढ्दै गएपछि लिभरसिरोसिसको सम्भावना बढी हुन्छ। एकपटक लिभरसिरोसिस भएपछि जीवनभर निको हुँदैन।

कलेजो कडा भएमा हातखुट्टा सुन्निने, पेटमा पानी जमेर फुल्ने, रगत बान्ता हुने र बेहोस हुने समस्या देखा पर्छ। यो उपकरण कलेजो सम्बन्धी समस्या भएका बिरामीका लागि बरदान भएको कलेजोरोग विशेषज्ञ डा। शर्माले बताए।

‘कलेजो क्यान्सरको अवस्थामा पुगेरनपुगेको र हेपाइटिस बि र सिको उपचार प्रभावकारिता जाँच्न फाइब्रो स्क्यान अत्यावश्यक उपकरण हो,’ उनले भने। स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

कलेजो बिग्रिएर अस्पताल आइपुग्ने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढीको कारण मदिरा सेवन हुने गरेको पाइन्छ। केही वर्षअघिसम्म ५०–६० वर्षको उमेरका मदिरा सेवनकर्तामा देखिने यो समस्या अहिले ३५ देखि ४० वर्ष उमेर समूहका मानिसमा पनि देखिन थालेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१