काठमाडौँका होटलमा ५० अर्ब लगानी, साढे ४ हजार कोठा थपिँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७३, शुक्रबार ०७:३४

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काम जुन रफ्तारमा हुँदैछ, त्यत्तिकै रफ्तारमा अर्को एउटा व्यावसायिक योजना पनि अघि बढेको छ।

निजी क्षेत्रबाट ठूलो लगानीमा धमाधम निर्माण भइरहेको यो व्यावसायिक योजना हो, होटल। अहिले देशकै प्रतिष्ठित औद्योगिक घरानादेखि गैरआवासीय नेपालीसमेत होटल व्यवसायमा आउँदैछन्। विश्वव्यापी सञ्जाल खडा गरेका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरूको पनि नेपाल प्रवेश हुँदैछ।

होटल एसोसिएसन नेपाल (हान) का अनुसार सन् २०१९ भित्र कुल ५० अर्ब रुपैयाँ लगानीका ठूला होटलहरू सञ्चालनमा आउने छन्। सबै जोड्दा काठमाडौं उपत्यकामा मात्र झन्डै ७५ अर्ब रुपैयाँ लगानीमा होटल बनिरहेको हानले जनाएको छ।

पाँचतारे वा त्यो सरहका सुविधायुक्त ठूला होटल आयोजनामा मेरियट, होटल समिट, सिल्भर हेरिटेज, डबल ट्री हिल्टन, जिंक जर्नी काठमाडौं, होटल ली शेर्पा, पवन प्यालेस, चन्द्रागिरी रिसोर्ट लगायत छन्। यसमा नेपालका व्यापारिक घरानाहरू चौधरी ग्रुप, वैद्य अर्गनाइजेसन, सूर्य नेपाल, सेन्चुरी ग्रुप, सुमार्गी ग्रुप लगायत छन् भने नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि होटल निर्माणको घोषणा गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१