तुम्बा तान्ने सुइरो”मा यसरी अल्झीए गायक यम क्षेत्री र जुनु रिजाल ( भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७३, मंगलवार ०८:५६

कमल सरगम / काठमाण्डौ  । गीत संगीत एस्तो चिज हो ,चाहे घास दाउरा गर्दा होस् या मेला पात जादा होस् ,भट्टीमा साथीभाई संग रमाइलो गर्दा होस् या दोहोरीमा गीत गाउदा होस् , कुनै पार्टी समारोहमा होस् या कुनै राजनीतिक कार्यक्रममा होस् ,हर ठाउमा गीत संगीत गुन्जेकै हुन्छ त्यस मध्यकै धेरै सुनिने गीत भनेकै लोक तथा दोहोरी गीतहरु हुन्  । हो यही क्षेत्रलाई फराकिलो बनाउदै आएका “सितल दिने पीपल समी छ”,माली गाईको दहि मिठो ,यस्तै रैछ माया ,यहाँ भन्दानी कती रुनु छ र ” जस्ता दर्जनौ  कालजयी  चर्चित गीतबाट लाखौ /करोडौ दर्शक श्रोताको मन जित्न सफल सर्जक तथा चर्चित गायक याम क्षेत्रीको अर्को उत्कृष्ट लोकदोहोरी गीत “तुम्बा तान्ने सुइरो”बजारमा आएको छ । बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा आवाज उनै चर्चित गायक याम क्षेत्री र जुनु रिजालको सुमधुर आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल करिश्मा ढकाल ,राज सुबेदी लगाएतको रहेको छ  ।केहि समय बिचमा गीत संगीतमा त्यति देखा नपरेका यी याम एका एक सबैको मन लोभ्याउने गीत लिएर बजारमा आएका हुन्  ।गीतको भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन्  ।करण चैसिरको उत्कृष्ट छायांकनमा तयार भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्  ।यामकै आफ्नै कम्पनि समर्पण म्यूजिक प्राली मार्फत आफ्नै प्रश्नल युटुब च्यानल “याम क्षेत्री “मार्फत गीत सार्बजनिक गरेका हुन्  ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१