अन्डा फ्राइ गरेर भन्दा उसिनेर खानु स्वास्थ्यकर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७३, बुधबार ०७:१६

पछिल्ला केही वर्ष यता नेपाली भान्सामा पनि अन्डा लगभग दैनिक पाक्ने गरेको छ । ब्रेकफास्टमा त अन्डा नछुटाउने धेरै भइसकेका छन् । तर, अन्डा खाने तरिका भने फरकफरक छन् । कतिले अन्डालाई फ्राइ गरेर अम्लेट बनाएर खान्छन् त कतिले उसिनेको अन्डा प्रिफर गर्छन् । तर, पछिल्लो समय गरिएका अनुसन्धानले फ्राइ गरेर भन्दा अन्डा उसिनेर खानु स्वास्थ्यकर हुने पत्ता लगाएका छन् । दैनिक दुई वटा अन्डा उसिनेर खाँदा हुने फाइदाबारे विभिन्न अनुसन्धानले पत्ता लगाएका छ:

उसिनेको अन्डामा भिटामिन बी–१२ तथा कोलिन हुन्छ । यी दुवैले स्मरण शक्ति बढाउन ठूलो सहयोग पु(याउँछ । त्यसैले दैनिक अन्डा खाने मान्छेको स्मरण शक्ति बलियो हुने अनुसन्धानमा पत्ता लागेको छ ।
कपाल झरेर हैरान भएकालाई पनि उसिनेको अन्डाले धेरै फाइदा पु(याउँछ । उसिनेको अन्डामा ल्युटिनको मात्रा अधिक हुने भएकाले कपाल झर्ने समस्या हुनेले यसको सेवन गर्नु राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् ।
सुख्खा छाला भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ । उसिनेको अन्डामा बायोटिन हुने भएकाले यसले छालालाई नरम र चम्किलो बनाउँछ ।
एनिमियाबाट कसैलाई समस्या भएको छ भने पनि उसिनेको अन्डा सेवन गर्दा धेरै फाइदा पुग्छ । उसिनेको अन्डामा पर्याप्त मात्रामा आइरन पाइने भएकाले रक्तअल्पताको समस्या भएकालाई उसिनेको अन्डा खाने सल्लाह चिकित्सक दिन्छन् ।
हाडजोर्नीमा समस्या भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ । भिटामिन डिको मात्रा पर्याप्त हुने भएकाले उसिनेको अन्डाले जोर्नीको दुखाइलाई घटाउँछ ।
अन्डामा फोस्फोरसको मात्रा पनि अधिक हुन्छ । यसले दाँत र हड्डीलाई बलियो बनाउन सहयोग गर्छ ।
अन्डामा भिटामिन ए पनि पाइन्छ । भिटामिन ए पर्याप्तमात्रामा भएकाले उसिनेको अन्डा सेवन गर्नाले आँखाको समस्या भएकालाई पनि धेरै फाइदा पुग्छ । यसले आँखालाई तेजिलो पनि बनाउँछ ।
उसिनेको अन्डामा फोलिक एसिड पनि पर्याप्त मात्रामा पाइनछ । फोलिक एसिडले क्यान्सरबाट बच्न सहयोग पु¥याउँछ । त्यसैले, उसिनेको अन्डालाई दैनिक प्रयोग गर्न सुझाइन्छ ।
उसिनेको अन्डाले मस्तिष्कघात तथा हृदयघात हुने सम्भावनालाई पनि न्यूनीकरण गर्छ ।
पर्याप्तमात्रामा एमिनो एसिड पाइने भएकाले उसिनेको अन्डाले ‘स्टामिना’ बढाउन पनि सहयोग गर्छ । नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया