महानिर्देशक र कर्मचारीहरुको मिलेमतोमा करोडौं घुस लिँदै म्यानपावर दर्ता (नामसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७३, मंगलवार १९:४३

काठमाडौं – सरकारले नयाँ म्यानपावर खोल्न रोक लगाएको छ । तर, वैदेशिक रोजगार विभागले सरकारले रोक लगाए पनि २८ वटा नयाँ म्यानपावर खोल्न अनुमति दिएको छ । अदालतको आदेश ल्याउँदै विभागमा घुसको सेटिङ गरी पछिल्लो समयमा नयाँ म्यानपावर खोल्न क्रम बढेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले प्रति म्यानपावर २० लाख रुपैयाँसम्म असुलेर अदालतको आदेश भन्दै म्यानपावर दर्ता गर्ने गरेको स्रोेतको दाबी छ । विभागका महानिर्देशक पाण्डे, संस्था दर्ता शाखाका निर्देशक रमा भट्टराई, शाखा अधिकृत अर्जुन खतिवडा, अनुगमनका शाखा अधिकृत कृति पौडेल र नासु देवराज भट्टराईको मिलेमतेमा धमाधम घुस लिँदै अदालतको आदेश देखाउँदै म्यानपावर दर्ता गरिएको छ ।

यसअघि २०७३ असोज १७ गते अदालतको आदेशका आधारमा म्यानपावर दर्ता गर्ने क्रममा १० लाख घुस लिँदालिँदै विभागका शाखा अधिकृत रमेश लामिछाने पक्राउ परेका थिए । पछिल्लो ६ महिनामा अदालतको आदेश देखाएर घुस लिँदै म्यानपावर दर्ता गर्ने क्रम तीब्र बनेको छ ।

प्रति म्यानपावर २० लाखसम्म घुसको कारोबार हुने गरेको स्रोतको दाबी छ । यसरी तीन महिनाको बीचमा २८ वटा म्यानपावर दर्तामा २० लाखका दरले घुसको कारोबार हुँदा ५ करोड भन्दा बढी घुसको कारोबार भएको विभाग स्रोतले बताएको छ ।

घुस लिँदै दर्ता गर्दै

बैदेशिक रोजगार विभागका अधिकृत र निर्देशकहरुले नै नयाँ म्यानपावर दर्ताका लागि सरकारले रोक लगाएका कारण अदालतमा मुद्दा हाल्न सुझाउँदै त्यही अदालतको आदेशका आधारमा घुस लिँदै दर्ता गर्दै आएको आरोप छ । विभागका महानिर्देशक पाण्डेको कमजोर नेतृत्व क्षमताका कारण निर्देशक रमा भट्टराई, शाखा अधिकृत अर्जुन खतिवडा र कृति पौडेल, नासु देवराज भट्टराई र पेशल कोइरालाको समूहले मोलमोलाई गर्दै म्यानपावर दर्ता गर्ने गरेको समाचार छ ।

स्रोतका अनुसार, अदालतले आदेश देखाइए पनि म्यानपावर दर्तामा विभागका कर्मचारीले घुसको चलखेल व्यापक गर्दै आएका छन् । एउटा म्यानपावर दर्तामा २० लाख रुपैयाँसम्मको चलखेल विभागमा भएको न्यूज अभियान लेख्छ  ।  अदालतको आदेश कसरी ल्याउने त्यो सबै सिकाउने काम पनि विभागकै कर्मचारीले गर्दै आएका छन् । सरकारले लगाएको रोक अदालतमा बीचौलियाको भूमिका निर्वाह गर्ने केही कानुन व्यवसायी र बैदेशिक रोजगार विभागका लागि कमाइको माध्यम भएको छ ।

म्यानपावर दर्ता गर्न घुस लिँदालिँदै पक्राउ

अदालतको आदेशकै आधारमा म्यानपावर दर्ता गर्न १० लाख रुपैयाँ घुस लिँदालिँदै २०७३ असोज १७ गते बैदेशिक रोजगार विभगका शाखा अधिकृत रमेश लामिछाने पक्राउ परेका थिए । शाखा अधिकृत लामिछानेले म्यानपावर दर्ताको प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको विशेष टोलीले शाखा अधिकृत लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको थियो ।

लामिछनेलाई घुस रकम पुर्याउने शिक्षक अनिल पौडेललाई पनि अख्तियारको टोलीले पक्राउ गरेको थियो । अदालतकै आदेशको आधारमा म्यानपावर दताएका लागि उक्त घुस कारोबार भएको थियो । उक्त घुसकाण्डमा विभागका तत्कालीन महानिर्देशक शत्रुघप्रसाद पुडासैनी, निर्देशक रमा भट्टराई, नासु देवराज भट्टराईसमेतको मिलेमतो रहेको बताइन्छ, खबर साँघुमा लेखिएको छ ।

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले महानिर्देशक पुडासैनीलाई कारबाहीस्वरुप श्रम विभागमा सरुवा गरेका थिए । तर निर्देशक रमा भट्टराई र नासु देवराजहरु कारबाहीमा परेका थिएनन् । लामिछाने पक्राउपछि केही समय रोकिए पनि उनीहरुले पुनःघुस लिँदै म्यानपावर दर्ता गर्ने क्रम यथावत राख्दै आएका छन् ।

२०७३ कात्तिकदेखि माघ २ गतेसम्म विभागका कर्मचारीले घुस लिएर २८ वटा म्यानपावर दर्ता गरेको खबर प्राप्त भएको छ । महानिर्देशक विश्वराज पाण्डेसम्मै घुसको सेटिङ मिलाएर कात्तिकमा विभिन्न मितिमा आठ वटा म्यानपावर दर्ता गराएको आरोप छ । मंसिरमा दस वटा दर्ता भएका छन् भने पुसमा सात वटा दर्ता गरिएको छ ।

२०७३ माघ २ गते तीन वटा दर्ता गरिएको छ । घुसको मोलमोलाई मिलेका केही म्यानपावर दर्ताको प्रक्रियामा रहेको विभाग स्रोतले बताएको छ । सरकारले म्यानपावर कम्पनी खोल्न रोकेपछि अदालतमा जाँदै आदेश गिराउँदै र विभागमा घुसको सेटिङ गर्दै दर्ता गर्ने क्रम बढेको छ ।

घुस लिँदै दर्ता भएका म्यानपावरहरुको नाम सहितः

M data

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१