इतिहासमै सबैभन्दा ठूलो राशी भएको महिला भलिबल प्रतियोगिता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०७३, आईतवार १४:०९

काठमाडौँ । १२ औं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता आइतबार राजधानीको गोंगबु नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा एपीएफ क्लब, आर्मी क्लब, नेपाल प्रहरी क्लब, रिड मोडेल कलेज, न्यु डाइमण्ड ए÷बि, ढोरपाटन क्लब, चण्डेश्वरी क्लब र विजयश्वेरी निमावि गरि १० टिमको सहभागिता थियो । प्रतियोगिता पुस २३ गते सुरु भइ माघ ८ गते २ हप्तामा सम्पन्न भएको हो । रिड मोडेल टिमले प्रथम स्थान हासिल गरि रु. ३,२०,००० (तिन लाख बिस हजार) नगदसहित रनिङ कप, कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै एपीएफ क्लबले दोश्रो स्थान हासिल गरि रु. १,६०,००० (एक लाख साठी हजार) नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै न्यू डाइमण्ड एकेडेमी टिमले तेश्रो स्थान हासिल गरि रु. ७५,००० (पचहत्तर हजार) नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उत्कृष्ट महिला भलिबल खेलाडीहरु ढोरपाटन क्लबकी तारा भण्डारी ‘राइजिङ प्लेयर’, नेपाल प्रहरीकी कामना बिष्ट ‘प्लेयर अफ द सिरिज’, एपीएफ क्लबकी सरस्वती चौधरी ‘बर्ष खेलाडी’, न्यु डाइमण्ड एकेडेमीकी प्रतिभा माली ‘ग्रेट अचिभमेन्ट प्लेयर’ र रिड कलेजकी मिनी मलले ‘बेस्ट प्लेयर’ अवार्ड पाएका छन् । यी पाँचै टिमका उत्कृष्ट खेलाडीहरुले टिभिएस ब्रान्डका स्कुटर प्राप्त गरेका छन् । त्यस्तै न्यु डाइमण्ड एकेडेमीकी ललिता नाटले ‘बेस्ट क्विकर’, रिड मोडेलकी निर्मलले ‘बेस्ट स्पाइकर’, रिड मोडेलकै तेरिनले ‘बेस्ट लिफ्टर’, एपीएफकी नेबिका चौधरीले ‘बेस्ट सर्भर’, एपीएफकै उषा बिस्टले ‘बेस्ट ब्लकर’ र पश्चिमाञ्चलकी एमकलि कुँवरले ‘बेस्ट डिफेन्स’ अवार्ड जितेकी छनु । बेस्ट अवार्ड बिजेताहरुले जनही रु. ५,००० (पाँच हजार) नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् । आयोजक ढोरपाटन क्लबका महासचिब देवेन्द्र कुमार घर्तिमगरले भने, ‘यो नेपालमा भलिबलको इतिहासमै प्रथम पटक सबै भन्दा ठूलो राशीको पुरस्कार वितरण गरेको प्रतियोगिता हो । पुरुष भलिबल प्रतियोगितामा समेत यति ठूलो पुरस्कार राशी वितरण भएको छैन । यो आयोजना सफल पार्न आर्थिक र नैतिक सहयोग गर्ने प्रायोजक कम्पनीहरु ब्लु स्काई म्यान पावर, टिभिएस स्कुटर, विभिन्न संघ सस्थाहरु, राजनीतिज्ञ, पत्रकार, सुरक्षाकर्मी, आयोजक मित्रहरु, रेफ्री साथीहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछु । साथै आगमी दिनहरुमा पनि हामीलाई यसरी नै सहयोग गर्नुहुनेछ भनि अपेक्षा राख्दछु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१