यस्ता छन् हरियो खुर्सानीका ७ फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७३, शुक्रबार १४:३८

काठमाडौँ । पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला ।

हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।

यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो । हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।

भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ । कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।

हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।

यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

– पेटको समस्या छ भने चिकित्सकको सल्लाहमा मात्र खुर्सानी खानु होला ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१