भैसीले मान्छेको जस्तो टाउको र अनुहार भएको पाडो जन्मायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७१, बुधबार ०५:५४

बाजुरा, ७ साउन । बाजुराको कैलाशमाण्डौमा भैसीले मान्छेको जस्तो टाउको र अनुहार भएको पाडो जन्माएको छ ।  कैलाशमाण्डौ गाविस वडा नं ५ झालगाउमा स्थानिय गंग बहादुर साउदले पालेको भैसीले मान्छे जस्तो टाउको र अनुहार भएको पाडो जन्माएको हो । मंगलबार विहान जन्मेको उक्त पाडो जन्मेको १० मिनेट पछि मरे पनि विहानैदेखि उक्त पाडो हेर्नेको भिडभाड लागको छ। Unbelievable+Human-like+Buffalo+Birthटाउको मान्छेकै जस्तो, हात खुटटा कछुवाको जस्तो, भुडी गणेश भगवानको जस्तो भएको र पिठ्युमा पुच्छर भएको उक्त पाडो जन्मीए पछि स्थानिय दंग परेका छन् । भैसीले मान्छे आकृतिको पाडो जन्माए पछि भैसीका मालिक भने अशुभ हुने भन्दै त्रशित भएको स्थानिय शिवनाथ योगीले जानकारी दिए । यता जिल्ला पशु सेवा कार्यालय कार्यालय प्रमुख योगेन्द्रप्रसाद कर्णले उक्त भैसीमा विजारोपण पश्चात उसको डिम्व विभाजन भै कुनै कारण बस सम्पूर्ण अंगको पूर्ण विकास नभएको अवस्थामा त्यस्तो फरक आकृति निमार्ण भएको हुन सक्ने बताएका छन । गर्भासयमा भएको अवस्थामा पाडोमा कुनै असरले पनि पूर्ण विकासमा बिकृति देखा परेको हुन सक्ने भएकाले त्यसमा कुनै डराउनु पर्ने अवस्था नरहेको उनले बताए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१