काठमाडौँ । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको निजि क्षेत्रको एयरलाइन्स कम्पनी हिमालय एयरले नयाँ जहाज ल्याउने भएको छ। नयाँ जहाज तयार भइसकेको र यही जनवरी २० मा काठमाडौं ल्याइसक्ने योजना हिमालयको रहेको छ।
एयरबसको जर्मनीमा रहेको फ्याक्ट्रीमा उत्पादन भएको एयरबस ३२०–२१४ सिरिजको जहाज तयारी अवस्थामा रहेको बताइएको छ।
तीब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमायलय नेपालबाट अन्तर्राष्ट्रिय रुटमा उडान भर्ने सयुक्त लगानीको कम्पनी हो। हाल एउटा जहाजबाट २ वटा गन्तव्यमा उडान भरीरहेको एयरले नयाँ जहाज आएपछि गन्तव्य पनि थप गर्ने जनाएको छ।
प्रतिक्रिया