काठमाडौं । आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले स्रष्टा गायत्री श्रेष्ठको नियात्राकृति ‘सिगलको उडान र समुद्रको स्पर्श’ को विमोचन समारोहको आयोजना ग¥यो । समारोहका प्रमुख अतिथि वरिष्ठ आख्यानकार अनेसास सल्लाहकार माया ठकुरीले सो कृतिको विमोचन गर्नु भयो । प्रमुख अतिथि ठकुरीले कृति र कृतिकार बारे प्रकाश पार्दै नेपाली नियात्रा विधामा सो विमोचित कृतिले थप योगदान पु¥याएको बताउनु भयो । अनेसासका केन्दीय सदस्य एवं नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विमोचित कृतिबारे समालोचक ज्ञानु अधिकारीले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, समालोचक डा.लक्ष्मणप्रसाद गौतम, स्रष्टा गायत्री श्रेष्ठ, अनेसास सदस्य सिन्धु गौतमलगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा अध्यक्ष राधेश्याम लेकालीले स्रष्टाहरू गायत्री श्रेष्ठ, सिन्धु गौतम, सविता श्रेष्ठ ‘वेहोसी’, उषा भट्ट, किशोर श्रेष्ठ, सुशिला देउजालगायतलाई अनेसासको आजीवन सदस्यता प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा अनेसास सल्लाहकार प्रा.डा.खगेन्द्रप्रसाद लुईटेल, वरिष्ठ समालोचक प्रा.राजेन्द्र सुवेदी, त्रि.वि.नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया