अवको राजनिती मुलुकको आर्थिक समृद्धि र विकासमा केन्द्रित : डा. महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७३, सोमबार ०८:४२

डडेलधुरा । कांग्रेस नेता डा.रामशरण महत प्रदेश ७ को संगठन सुदृढीकरण अभियानको क्रममा  कांग्रेस क्षेत्र नं २ तलकोटमा आयोजित कांग्रेस भेला लाई सम्वोधन गर्दै अवको राजनिती मुलुकको  आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको वताऊनु भयो । विगतमा काग्रेसले लिएको आर्थिक नितीको कारण आज देशको महत्वपूर्ण आयोजनाहरू आन्तरिक स्रोतलाटनै संचालन गर्न सम्भव भएको समेत वताऊनु हुदै शशस्त्र विद्रोह नभएको भए मुलुक विकासको फड्को  धेरै अगाडी बढ्ने  समेत वताऊनु भएको थियो ।कार्यक्रममा मा.रामकृष्ण यादव, मा.भरत खड्का, मा.चन्द्रा जोशी, डडेलधुरा सभापति कर्ण व मल्ल,डोटी सभापति प्रदिप देऊवा, डोटी कांग्रेस नेता योगेन्द शाही महासमिती सदस्य रमेश महत र क्षितिज भण्डारीले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम ३५ माओवादि र एमालेका जिल्ला पदाधिकारी सहित ४५ जना नव पर्वेसीहरु लाई नेपाली कांग्रेसका नेता महतले सदस्यता प्रदान गर्नु भएको थियो । भिषण हिमपातको कारण वाटों अवरुद्ध भएपछी नेता महतको वझांग कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१