काठमाडौँ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टिकरण पनि बुझाएका छन् । ज्ञवालीले आइतबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर ६ पृष्ठ लामो स्पष्टिकरण बुझाएका हुन् । पहिलोपटक स्पष्टिकरण पेस गरेका ज्ञवालीलाई सरकारले ‘तपाईंलाई किन नहटाउने ? ’ भन्दै २४ घण्टे दोस्रो स्पष्टिकरण सोधेको थियो ।
प्रतिक्रिया