स्थानीयवासीको अवरोधका कारण ठूला सडक विस्तार अलपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७३, शुक्रबार १४:०२

भक्तपुर  । स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् ।
अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ ।

कुल रु ६ करोड ६२ लाखको लागतमा एक हजार १०० मिटर लम्बाइ र ११ मिटर चौडाइका रुपमा विस्तार उक्त सडकको बीच भागमा विस्तार कार्य भए पनि सडकको दुबैतर्फको मुखमा भने सडक विस्तार हुन सकेको छैन  ।

विसं २०७१ चैत १२ गते रु एक करोड ५० लाख ७५ हजारमा विस्तार कार्य सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएर काम सुरु भएलगत्तै अवरोध भएपछि अहिले सडक विस्तार कार्य नै अलपत्र परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१