काठमाडौं – लागूऔषध तस्करले विश्वमा बार्षिक एक खर्ब अमेरिकी डलर बराबरको कोकिन र हेरोइन बिक्री गर्ने गरेको पाइएको छ ।
संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिबन्धित लागूपदार्थको ओसारपसार तथा खपतसम्बन्धी अपराध प्रतिवदन अनुसार विश्वभर कोकिन र हेरोइन खपत एक खर्ब अमेरिकी डलरभन्दा बढीको हुने गरेको हो ।
विश्वभर हेरोइन सेवन गर्ने दुव्र्यसनी झन्डै २ करोड रहेको अनुमान छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार नेपाल र भारतसहित एसिया, अफ्रिका, अमेरिका, युरोप, मध्यपूर्वीलगायत मुलुकबाट ८० देखि ९० अर्ब डलरको कोकिन र १५ देखि २० अर्ब डलर बराबरको हेरोइन बरामद हुने गरेको खबर आजको कारोबारमा छ ।
प्रतिक्रिया