प्रधानमन्त्री प्रचण्डले यसरी जोते खेत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७३, मंगलवार १८:४४

भद्रपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा गुणात्मक ढङ्गले उत्पादन वृद्धि गरी युवालाई आकर्षित गराउने सरकारको नीति रहेको बताउनुभएको छ ।

झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान–सुपर जोन कार्यक्रमको  उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रको विकास गर्नकै लागि सातवटै प्रदेशमा सुपर जोन कार्यक्रम ल्याएको छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले कृषि उत्पादन वृद्धिका लागि सातवटै प्रदेशमा सुपर जोन कार्यक्रम ल्याएको चर्चा गर्दै कैलालीमा गहुँ र झापामा धानका लागि सुपर जोन कार्यक्रम सुरु भइसकेको बताउनुभयो ।

कृषि क्षेत्रमा क्रान्ति ल्याउन नै सातवटै क्षेत्रमा सुपर जोन घोषणा भएको र यसलाई सफल बनाउन कृषि मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो –कृषि क्षेत्रको विकासका लागि प्रविधिलाई एकत्रित गरी अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले विगतको भन्दा अहिले केही उत्पादकत्व बढेकामा खुसी व्यक्त गर्दै कृषि उत्पादनको वृद्धिले नै मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकास हुने बताउनुभयो ।

मुलुकको समस्या समाधान गर्न प्रमुख राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो – “मुलकको समृद्धि र स्थायित्वका लागि पनि दलबीचको एकता आजको अपरिहार्य आवश्यक छ ।”

प्रधानमन्त्री दाहालले समाजिक न्याय र समानता सहितको नेपाल निर्माण गर्न संविधानको सर्वस्वीकार्य आवश्यक छ भन्दै तीव्र विकासको मार्गमा रहेको उत्तर चीन र दक्षिण भारतको बीचमा रहेको नेपालको विकास र समृद्धिका लागि सही नेतृत्वको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

राजनीतिक दलबीच समन्वय, सहकार्य, एकता र छलफल गरेर छिट्टै निर्वाचनको मिति घोषणा हुने भन्दै उहाँले झापाको केचना–चारआली मार्ग, मेची पुल र नेपालको सबै भन्दा होचो ठाउँ केचना कवलको विकास गर्न आफू गम्भीर भएको बताउनुभयो । सो अवसरमा प्रचण्डले खेत समेत जोत्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१